ट्रम्पपछिको ‘इमिग्रेसन’

ट्रम्पपछिको ‘इमिग्रेसन’


babita basnet 15

– बबिता बस्नेत

‘इमिग्रेसन’मा के–के सोध्ने हो… हिजोआज अमेरिका जाने जोकोहीको मनमा यो प्रश्नले ठाउँ लिँदोरहेछ । डोनाल्ड ट्रम राष्ट्रपति भएपछि पहिलोपटक न्युयोर्क जाँदै गर्दा हङकङ ट्रान्जिटदेखि नै मानिस अमेरिकी अध्यागमनले दिन सक्ने सम्भावित दुःखबारे कुरा गरिरहेका थिए । आसपासमा बसेका अपरिचित ती मानिसको कुराकानीमा ‘मैले यसपटक केही खानेकुरा बोकिनँ, कागजपत्र पनि सबै राखेँ, पहिलाजस्तो कहाँ हो र ? अमेरिका जाने भनेको पनि कस्तो भइसक्यो हई…के–के सोध्ने हो…’ यस्तै–यस्तै थिए । छोरी र छोराको बच्चा हुने भएर अमेरिका जान लागेका नेपाली बाबु–आमामा पनि यस्तैखालको भय देखिन्थ्यो । त्यहाँ पुगेपछि पनि सुरक्षित बस्नुपर्छ है भन्नेहरू पनि भेटिए । हङकङदेखि सँगै सिटमा बसेकी नाम्बियाकी युवतीले भनेकी थिइन्– अमेरिका पुगेपछि पहिला सुरक्षित महसुस हुन्थ्यो अहिले त के हो के हो । जोन अफ केनडी एयरपोर्टमा ओर्लिएपछि हातमा पासपोर्ट र कागजपत्र बोकेर लाइनमा बसेका मानिसको मुहारमा अरू बेलाभन्दा बढी सतर्कता देखिन्थ्यो । तर, इमिग्रेसन अफिसरहरूको व्यवहारमा भने खासै फरक पाइएन । धेरैपटक अमेरिका गएकालाई त के कामले आएको भनेरसम्म पनि सोधिएन, जुन कुरा विगतका भ्रमणमा सोधिन्थ्यो । इमिग्रेसन अफिसरले यस पङ्क्तिकारलाई सोधेको प्रश्न थियो– कति दिन बस्ने ? ‘दश दिन’को जवाफपछि उनले भनेका थिए, जम्मा दश दिन ? अरूलाई पनि त्यति धेरै प्रश्न गरेको सुनिएन, डकुमेन्ट हेर्दै सरासर पठाएकै देखियो ।

लगेज लिने ठाउँमा हङकङमा कुरा गर्दै बसेका ती मानिसको छेउमा गएर चिरपरिचित झैँ गरी सोधेँ, इमिग्रेसनमा त्यस्तो केही अप्ठ्यारो भएन हई ? बडो उत्साहित हुँदै उनीहरूले भने, एक्ज्याक्ट्ली…, हामी त्यही कुरा गरिरहेका थियौँ । सन् २०१० को घटना सम्झिएँ, डा. गोपालकृष्ण सिवाकोटी, सिर्जना पोखरेल र उहाँहरूको बच्चासहित हामी सँगै यात्रा गरिरहेका थियौँ । जोन अफ केनडी एयरपोर्टको इमिगे्रसनमा डा. सिवाकोटीलाई ‘सोधपुछ गर्नुपर्ने’ भनेर रोक्यो । अचम्म लाग्यो, पटक–पटक अमेरिका गएका विश्वका अनेक मुलुकको भ्रमण गरेका बौद्धिक व्यक्तित्वलाई किन त्यसरी रोक्यो ? जब कि सिर्जनाजी र बच्चालाई जानुस् भनेर पठाइसकेको थियो । के भएको होला ? आश्चर्यमिश्रित प्रश्न हामी सबैको मनमा थियो । केहीबेरको सोधपुछबाट प्रवेशको अनुमति दिएपछि थाहा भयो– उहाँको पासपोर्टमा अफगानिस्तान, पाकिस्तानलगायतका मुलुकहरूको पटक–पटक लागेको भिसा देखेर लगातार ती मुलुकमा किन गएको भनी शङ्का लागेर रोकेका रहेछन् । आफ्नो कामको विवरण दिएपछि उनीहरू कन्भिन्स भएका थिए । धेरै मुलुक भ्रमण गर्नेहरूका लागि कुन मुलुकले कसलाई कसरी हेरिरहेको हुन्छ र त्यसको असर यात्रुलाई कसरी पर्छ भन्ने कुराको पाठ पनि थियो त्यो घटना ।

अमेरिकाले प्रवेश रोकेका सातवटै देशको नाम लिँदै उनले भने– त्यहाँ पनि राम्रा मान्छे छन्, केही समयका लागि रोकिएको हो । ट्रम्पको गर्भपतन नीतिबारे पनि उनले कुरा गरे । बलात्कार र स्वास्थ्यमा हानि हुने अवस्था आएमा गर्भपतन गर्न पाइन्छ । गर्भपतनलाई कानूनी मान्यता नदिनु भनेको सुरक्षित सम्पर्क गर स्वाआफू राष्ट्रपति ट्रम्पको अन्धसमर्थक नभएको बताउँदै उनले भने– तिमीहरू आफ्नो देशमा कसैले आक्रमण गरोस् भन्ने चाहन्छौ ? आफ्नो देशका जनता सुरक्षित रहुन् भन्ने चाहना राख्नु र त्यहीअनुसारको नीति बनाउनु गलत हो ?स्थ्य नबिगार भनेको हो नि, मानिस कुरै बुझ्दैनन् ।

एयरपोर्टबाट बाहिरिएपछि बाटोवरिपरि सेताम्य हिउँ देखेर ट्याक्सीड्राइभरलाई सोधेँ– यता त अझै हिउँ परिरहेको रहेछ हई ? जवाफमा उसले भन्यो– ‘हिजोआज एयरपोर्टबाट ट्याक्सी चढ्ने मान्छेहरू मौसमको कुरा गर्दैनन्, धेरै पछि यस्तो सुन्दा रमाइलो लाग्यो । पहिला त मानिस ट्याक्सी चढ्नासाथ मौसमकै कुरा गर्थे । हो, हिउँ परिरहेको छ, यो हप्ता पनि पर्छ ।’ अनि मानिसहरू अहिलेचाहिँ के को कुरा गर्छन् त ? ‘अहिले त डोनाल्ड ट्रम्पको कुरा गर्छन् नि । अहिले त मानिसहरू ट्याक्सी चढ्नासाथ यसरी कुरा गर्छन् कि मानौँ म ह्वाइटहाउसमा काम गर्छु ।’ खुब रमाइलो लाग्यो उसको कुरा सुनेर । वास्तवमा उसले सुरुमै त्यसो नभएको भए यो पङ्क्तिकारको पनि कुराकानी सीधै राष्ट्रपतिसम्म नपुगे पनि अमेरिकामा अहिले र पहिलेको परिस्थितिमा के फरक छ ? भन्नेसम्म त पुग्ने नै थियो । विदेशी भूमिमा यात्रुका लागि ट्याक्सीड्राइभर सूचनाको पहिलो स्रोत हुन् । कुरा सुन्दा कलेजका लेक्चररझैँ लाग्ने ती ट्याक्सीचालक गायनाका रहेछन् । अमेरिकाले प्रवेश रोकेका सातवटै देशको नाम लिँदै उनले भने– त्यहाँ पनि राम्रा मान्छे छन्, केही समयका लागि रोकिएको हो । ट्रम्पको गर्भपतन नीतिबारे पनि उनले कुरा गरे । बलात्कार र स्वास्थ्यमा हानि हुने अवस्था आएमा गर्भपतन गर्न पाइन्छ । गर्भपतनलाई कानूनी मान्यता नदिनु भनेको सुरक्षित सम्पर्क गर स्वाआफू राष्ट्रपति ट्रम्पको अन्धसमर्थक नभएको बताउँदै उनले भने– तिमीहरू आफ्नो देशमा कसैले आक्रमण गरोस् भन्ने चाहन्छौ ? आफ्नो देशका जनता सुरक्षित रहुन् भन्ने चाहना राख्नु र त्यहीअनुसारको नीति बनाउनु गलत हो ?स्थ्य नबिगार भनेको हो नि, मानिस कुरै बुझ्दैनन् ।

न्युयोर्क सहर यसपटक पहिलाभन्दा फोहोर लाग्यो । म्यानहाटनको सडक छेउछाउमा सिसा र प्लास्टिक बोतल, पेपर, ग्लासलगायतका कुराहरू फालिएको दृश्य यो पङ्क्तिकारका लागि नयाँ हो । ट्रेन स्टेसनमा उकालो–ओह्रालो गर्ने एक्सिलेटरहरू नचलेर मानिसहरू स्याँ–स्याँ गर्दै हिँडिरहेको पनि देखियो । रेस्टुरेन्टमा खान बसिरहेको बेला कोही माग्ने आएर ठूलो–ठूलो स्वरले आफ्नो कथा–व्यथा सुनाउन थाल्यो भने मानिसहरू सशङ्कित भएको पाइयो । भीडभाडमा कसैले ठूलो स्वरले बोल्यो भने पनि के हो के हो जस्तो लाग्ने । अरूबेला भए न्युयोर्कमा यस्ता कुरा सामान्य हुन् । जसले जेसुकै बोलोस्, जेसुकै भनोस्, ठूलो स्वरले चिच्याओस् या साउती मारोस्, रोओस् कि हाँसोस् कसैले बाल मतलब नगर्ने सहर हो न्युयोर्क । तर, यसपटक भने त्यस्ता कुरालाई मानिसले ध्यान दिएर सतर्कता अपनाउन खोजेझैँ देखियो । सडकदेखि ट्रेन स्टेसनसम्म, रेस्टुरेन्टदेखि पसलसम्म, आफन्तदेखि अपरिचितहरूसम्म भेटेका मानिस र तिनले बोलेका–नबोलेका दुवै कुरा ट्याक्सीचालकको पछिल्लो कुराकानीसँग मिल्दाजुल्दा लागे । उनले भनेका थिए– एउटा कुराचाहिँ के हो भने अहिले मानिस ‘कन्फ्युज्ड’ छन्, के हो के हो, के हुने हो भन्ने छ । गैरकानुनी रूपले बसेका मानिसमा त्रास त छ नै, अरूमा पनि अब के होला भन्ने परिरहेकै छ ।