उड्ने ट्याक्सी तयार

उड्ने ट्याक्सी तयार


air-taxi

संसारमा कुनै त्यस्तो सहर नहोला जहाँ कुनै न कुनै स्तरमा ट्राफिक जामको समस्या नरहेको होस् । यो विश्वव्यापी समस्यालाई मध्यनजर गर्दै एक चिनियाँ कम्पनीले उड्ने ट्याक्सी तयार गरेको छ, जसलाई छिट्टै दुबईमा लन्च गरिँदै छ । आधा घन्टा चार्ज गर्दा पचास किलोमिटरको दूरी उड्न सक्ने यस ट्याक्सीको प्रथम प्रस्तुति दुबईमा गर्न लागिनुको कारण हो– आगामी सन् २०३० सम्ममा पूरै सेल्फ ड्राइभिङ सिस्टम लागू गरिने दुबई प्रशासनको निर्णय । ‘इहाङ–१८४’ नाम दिइएको उड्ने ट्याक्सी चीनको ड्रोन बनाउने कम्पनी इहाङले निर्माण गरेको हो जो हजार फिट (तीन सय मिटर) सम्मको उचाइमा एक घन्टामा सय किमी उड्न सक्छ । उक्त एकसिटे ट्याक्सीको ट्राफिक कन्ट्रोलिङ सिस्टमसम्बन्धी आवश्यक तयारी दुबईको ट्रान्सपोर्ट अथोरिटी विभागले गरिरहेको छ । आकाशमा उडाएर परीक्षण गरिसकिएको उक्त कार आगामी जुलाईदेखि प्रयोगमा आउने बताइएको छ ।