
– विनोद नेपाल
कोही सामूहिक हत्या प्रयासको आरोप लगाउँदै
सत्तामाथि आक्रोश पोखिरहेछन्,
कोही बचाउ गर्दै छन् आफ्नो कुकर्म र लाचारीको ।
कोही तानाबाना बुन्दै छन् सत्ता हत्याउने,
धर्मराएको सत्ता अड्याउन वैशाखी खोजिरहेछन् कोही ।
धन्य छ हाम्रो राजनीति, धन्य छौँ हामी,
यता आफ्नाहरूकै लडाइँले सप्तरी रोइरहेछ,
उता छिमेकी–हस्तक्षेपले कञ्चनपुर शोकमा छ,
तर, आ–आफ्नै धुनमा छन्
देश हाँक्नेहरू र सत्ता ताक्नेहरू
उस्तै छन् नेताहरू ।
शायद, निर्दोष–निहत्थाको हत्यालाई
नियति ठानिरहेछन् यिनीहरू
शोकधुनलाई मीठो सङ्गीत मानिरहेछन् यिनीहरू ।
प्रतिक्रिया