स्ववियु चुनाव भाँड्ने को ?

स्ववियु चुनाव भाँड्ने को ?


विगत लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युुनियन चुनाव फेरि पनि अनिश्चित बन्न पुगेको छ । मिनी संसद्को रूपमा हेरिएको स्वतन्त्र विद्यार्थी युुनियन चुनाव यसरी रोकिनुको प्रमुख कारक तीन ठूला विद्यार्थी सङ्गठन नै रहेको आरोप विद्यार्थीबाटै लागेको छ ।

नेपाल विद्यार्थी सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसका प्रभावशाली विद्यार्थी नेता विकास अधिकारी भन्छन्, ‘त्रिभुवन विश्वविद्यालयको हरेक आङ्गिक क्याम्पसमा तीन विद्यार्थी सङ्गठनले आफ्नो पहुँच नपुगेको ठाउँमा विभिन्न बहानाबाजी लगाएर क्याम्पसमा तालाबन्दीलगायत विरोधका अनेक नौटङ्कीपूर्ण कार्यक्रम गरे । यसले हुन लागेको चुनावको माहोल बिथोल्ने काम ग¥यो ।’

प्रमुख तीन ठूला विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्वियु र अखिल (क्रान्तिकारी)ले स्वतन्त्र विद्यार्थी युनियन चुनाव आफ्नो पक्षमा लिन खोज्नु लोकतन्त्रिक राज्यमा सान्दर्भिक रहेको, तर चुनाव आफ्नो पक्षमा लिन बहानाबाजी गरी चुनाव नै भाँडेबाट कानुनी शासनको खिल्ली उड्न पुगेको उनको बुझाइ छ ।
Bikash Adhikari
विद्यार्थी सङ्गठन मुखले चाहिँ विद्यार्थी हकहित र शैक्षिक समस्यामा लड्ने विद्यार्थी सङ्ठन आफू नै भएको दाबी गर्छन् । तर, आज तिनै विद्यार्थी सङ्गठनका नेताको घमण्डले गर्दा अवरुद्ध हुँदै आएको स्वतन्त्र विद्यार्थी युनियन चुनाव फेरि पनि अन्योलग्रस्त बन्न पुगेको छ । यसो हुुनुमा खराब नेतृत्वको विकास हुनु, सङ्गठनमा योग्य, असल र क्षमतावान विद्यार्थी नेताभन्दा गुटगत स्वार्थमा लिप्त भएकाहरूको दबदबा चल्नु र नेतृत्वको गलत बुझाइ रहनु नै कारकतत्व हो । नेतृत्वको दृष्टिकोण नै धमिलो भएपछि खराब व्यक्तित्वको विकास हुँदै जाने उल्लेख गर्दै अधिकारी भन्छन्, ‘निकट भविष्यमा अब स्वतन्त्र विद्यार्थी युनियन चुनाव हुने आधार देखिँदैन र भएमा पनि असल नेतृत्व छायामा पर्न सक्छ ।’ नेपाली काङ्ग्रेस धादिङको क्षेत्रीय प्रतिनिधि र नेपाल विद्यार्थी सङ्घ धादिङका प्रतिनिधिसमेत रहेका विकासका अनुसार यसरी पटक–पटक घोषित स्वतन्त्र विद्यार्थी युुनियन चुनाव रोकिनुले हरेक विद्यार्थी सङ्गठनका विद्यार्थी नेतामा राजनीतिप्रति नै वितृष्णा पैदा हुन पुग्छ, जसको नकारात्मक असर मुलुकको समग्र राजनीति र विकास–प्रक्रियामा पर्न जान्छ ।