प्रेस काउन्सिलको अध्यक्ष को ?

प्रेस काउन्सिलको अध्यक्ष को ?


प्रेस काउन्सिल 2

तोकिएकै मिति २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भयो भने निर्वाचनका लागि मतदान हुने दिन आउन अब मात्र ५२ दिन बाँकी रहेको छ । सञ्चारमाध्यमहरूलाई समेत निर्वाचन आचारसंहिता लागिसकेको अवस्था छ । तर, पत्रकार आचारसंहिताको अनुगमन गर्ने प्रमुख निकाय प्रेस काउन्सिल नेपाल लगभग एक महिना (२०७३ फागुन १६ गते)देखि नेतृत्वविहीन अवस्थामा रहेको छ । त्यसका अध्यक्ष बोर्णबहादुर कार्की चारवर्षे अवधि पूरा गरेर सेवानिवृत्त हुनुभएपछि अध्यक्षको सो पद रिक्त भएको हो । विशिष्ट श्रेणीको हैसियत र सेवा सुविधा पाउने सो पदका लागि वरिष्ठ पत्रकार, सर्वोच्च अदालतका पूर्वन्यायाधीश वा वरिष्ठ अधिवक्तालाई कानुनले योग्य मानेको छ ।

प्रेस काउन्सिल नेपालको अध्यक्ष बन्नका लागि अहिले माओवादी केन्द्रनिकट, प्रेस सेन्टरका पदाधिकारीहरूको चलखेल भइरहेको खबर छ । सञ्चारमाध्यम र पत्रकारहरूलाई आचारमा बा“ध्न प्रमुख भूमिका निर्वाह गर्ने सो पदका लागि माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उपयुक्त पात्र फेला नपारेकोले पदपूर्ति हुन नसकेको प्रेस सेन्टरका पत्रकारहरू बताउने गर्दछन् । प्रेस सेन्टरले वरिष्ठ पत्रकार ओम शर्मा या कोमल बराललाई पठाउन चाहेको, तर सञ्चारमन्त्री सुरेन्द्र कार्की (राम कार्की) कसैको दबाब र प्रभावमा परेर प्रेस सेन्टरभन्दा टाढाका व्यक्तिलाई अध्यक्षमा ल्याउने प्रयासमा रहेकाले प्रेस काउन्सिलको अध्यक्षको पदपूर्ति हुन नसकेको बुझिएको छ ।

प्रेस काउन्सिल अध्यक्षको आकाङ्क्षीमा पत्रकार हरिगोविन्द लुइँटेलसमेत रहेको बताइन्छ । यसका साथै कहिलेकाही“ विवादस्पद लेख लेख्ने र पूर्वाञ्चल र तराईमा विभिन्न गतिविधिमा संलग्नहरूका सहयोगी मानिने भवानी बराललाई सञ्चारमन्त्री कार्कीले बोकेर हिँडेको चर्चा प्रेस सेन्टरका पत्रकारहरूले गर्ने गरेका छन् । तराई र पूर्वका पहाडी क्षेत्रमा जातीय सद्भाव भड्काउने गुप्त खेलमा सहयोग पु¥याउँदै आएका पश्चिमाशक्तिहरूले सञ्चारमन्त्री कार्कीलाई प्रभावमा पारेर ‘जातीय संघीयता’जस्तो नेपालका लागि अपाच्य पुस्तक लेखेर विवादमा परेका भवानी बराललाई प्रेस काउन्सिलमा स्थापित गर्न चाहेको स्रोतले बताएको छ । भवानीलाई प्रेस काउन्सिलको अध्यक्ष बनाउन लागिपरेको अन्तर्राष्ट्रिय शक्ति सफल भएमा नेपालको राष्ट्रिय अखण्डतामा आ“च पु¥याउने, जातीय द्वन्द्व र विखण्डनवादी शक्तिलाई सहयोग पु¥याउने सञ्चार सामग्री प्रकाशन र प्रसारण गर्ने सञ्चारमाध्यमलाई संरक्षण र संवद्र्धन गर्न सहयोग पुग्ने योजनाअन्तर्गत भवानी बरालको नाम अगाडि ल्याइएको सञ्चार मन्त्रालय स्रोत बताउँछ । सञ्चारमन्त्री कार्कीले आफ्नो पारिवारिक निकटताका कारणले मात्र बराललाई प्रेस काउन्सिल नेपालको अध्यक्ष बनाउन चाहेको पनि कतिपयले बताएका छन् ।