नेता पौडेल पहिलोपल्ट दार्जिलिङमा

नेता पौडेल पहिलोपल्ट दार्जिलिङमा


रामचन्द्र पौडेल 2

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जीवनमा पहिलोपटक दार्जिलिङ पुग्नुभएको छ । सादगी जीवन र समाजवादी चिन्तकको छवि बनाउनुभएका पौडेलको जीवनशैली साधारण मानिन्छ र उहाँ विलासिताबाट सधैँ टाढा रहन रुचाउनुहुन्छ । युवावस्थादेखि नै सङ्घर्ष र पार्टी काममा केन्द्रित पौडेलको दैनिकीमा घुमफिर गर्ने अवसर कहिल्यै आएन । यसपटक पनि पार्टी कामकै क्रममा इलामसम्म पुग्नुभएका पौडेल दार्जिलिङ र सिक्किमसम्म पनि नपुगेको जाकारी स्थानीय कार्यकर्ताले पाएपछि उनीहरूले पौडेलमाथि दार्जिलिङ घुम्न आग्रह गरेका थिए । पार्टीका साथीहरूको जोडदार दबाबपछि मंगलबार (चैत ८ गते) पौडेल दार्जिलिङ हेर्न जानुभएको छ । उहाँ दार्जिलिङबाट बुधबार काठमाडौं फर्कनुहुने बुझिएको छ ।