एनआरएन अमेरिका अध्यक्षमा पोखरेलको चर्चा

एनआरएन अमेरिका अध्यक्षमा पोखरेलको चर्चा


Krishna Pokharel

एनआरएन अमेरिकाको आगामी दुईवर्षे कार्यकालको लागि हुँदै गरेको निर्वाचनमा प्रत्यासीहरुको संख्या बढ्दो छ । एनआरएनको कमिटीमा बसेर काम गरिसकेकामध्येबाट पनि उम्मेदवारी घोषणा भएका छन् । यिनैमध्ये एक आशलाग्दा र सुपरिचित युवा हुन् कृष्ण पोखरेल ।

सन् २०१४ मा महासचिव र वर्तमान समितिमा वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल यसपटक अध्यक्षका प्रत्याशीमध्येका अब्बल मानिएका छन् । ‘पैसा खर्च गरेर होइन मान्छेको मन जितेर चुनाव जित्नुपर्छु’ भन्ने धारणा बोकेका पोखरेल एक जिम्मेवार र परिपक्व नेताका रुपमा चिनिन्छन् । कुनै पनि संस्थालाई मजबुत बनाउन सदस्यको अहम् भूमिका रहने तर्क गर्ने पोखरेल आफूले बोलेको कुरा जसरी पनि पूरा गरेरै छाड्ने व्यक्तिका रुपमा समेत चिनिन्छन् ।

संंस्थामा बसेर लामो समयसम्म काम गरिसकेका पोखरेल आहिले बोर्डका सबैभन्दा अनुभवी मानिन्छन् । एकपटकको नेपाली सधैंको नेपाली भन्ने मूलमन्त्रका साथ अघि बढिरहेका उनले गैरआवासीय नेपालीको नेपाली नागरिकता निरन्तरताको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । एनआरएन नेता पोखरेलको विगतको काम र लामो अनुभवले उनको आगामी निर्वाचनमा बिजयको निश्चित भएको उनका प्रशंसकहरु बताउँछन् । उनी हाम्रो मान्छे भन्दा राम्रो मान्छे भनेर चिनिन्छन् ।

हालका अध्यक्ष डा. केशव पौडेललार्इ सबै कोणबाट सहायोग गर्दै आएका पोखरेलले डा. पौडेलको कुनै कुनै कुरामा असहमत रहे पनि लामो समयसम्म सँगै काम गरेका नाताले पनि अन्तिममा पोखरेललाई सहयोग गर्ने प्रायःनिश्चित मानिएको छ ।

आगामी निर्वाचनमा अमेरिकाका हरेक स्टेटमा पुगी आप्रवासी नेपालीहरुको मन जितेका पोखरेल एनआरएनलाई साझा छहारीको रुपमा बिस्तार गर्न लि हरुको बाहुल्यता रहेको अमेरिकामा युवापुस्ताको लागि विशेष केही गर्ने चाहना व्यक्त गर्छन् ।

सानैदेखि विकास र सिर्जनाका कुरामा चासो राख्ने, अग्रगामी सोचका पोखरेल, रचनात्मक काम गर्न रुचाउँछन् । प्रवासको बसाइमा पनि देशलाई के गर्न सकिन्छ, समाजलाई के दिन सकिन्छ भन्ने सवालमा चिन्तन गरिरहने उनी नेपालको पर्यटन विकासको लागि काम गर्ने सोच का साथ समाजिक सेवामा लागेका छन् । ०७२ मा गएको विनासकारी भुकम्प लगायत अन्य दैवीप्रकोपको बेला पोखरेलले प्रशस्त सहयोग उपलब्ध गराएका थिए ।

नेपालीको निकै बाहुल्य रहेको अमेरिकामा युवापुस्ताको लागि केहि गर्न चाहन्छन् कृष्ण पोखरेल । हाम्रा छोरा छोरीहरुले अब शिक्षा क्षेत्रबाट विश्वमा नाम राख्नुपर्छ, पहिले हामी बीर नेपाली भनेर चिनियौँँ अब पढेलेखेका युवाहरुले वैज्ञानिक तरिकाबाट आफ्नो सोच र सामाजिक योगदानबाट सचेत नेपाली भनेर चिनाऊन लागिपरेका छन् पोखरेल ।

पुर्खाले गरेको कामको उचित मुल्याङ्कनका साथै हाम्रा कला संस्कृति र साहित्यको प्रवद्र्धन गर्दै अमेरिकाको न्यूयोर्कबाट नेपाली पुस्ता निर्माण गर्न चाहन्छन् पोखरेल । आफु निर्वाचित भए एनआरएन अमेरिकालाई एक छुट्टै तहमा पुर्याउने बाचा उनले गरे ।

वरिष्ठ उपाध्यक्षका नाताले भावी अध्यक्ष पदको सच्चा हकदार पोखरेल नै हुन् भन्दा अत्युक्ति पनि हुने छैन । यसमा ब्यापक जनसमर्थन पनि जुटेको चुनावी अभियानका अभियन्ताहरु बताउँछन् ।