राजदूत पुरीको पहिलो भेट कुन नेतासँग ?

राजदूत पुरीको पहिलो भेट कुन नेतासँग ?


Baggi

नेपालका लागि छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त राजदूत मञ्जीव सिंह पुरी गत शनिबार काठमाडौं आइपुग्नुभएको छ । सोमबारदेखि कार्यभार सम्हाल्ने गरी आउनुभएका राजदूत पुरीले हिजो आइतबार शीतलनिवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाउनुभयो । राष्ट्रपति भण्डारीलाई प्रमाणपत्र बुझाउन जाँदा राजदूत पुरीलाई काठमाडौंस्थित होटल सांग्रिलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । ओहोदाको प्रमाणपत्र बुझाउनुअघि राजदूत पुरीले आइतवार बिहान पशुपतिनाथको समेत दर्शन गर्नुभएको थियो ।

यसक्रममा राजदूत पुरीले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटघाट गरेको समाचार प्रकाशमा आए पनि ओलीसँग भेट्नुअघि उहाँले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नुभएको थियो । सभापति देउवालाई भेट्न राजदूत पुरी बुढानिलकण्ठस्थित देउवा निवास पुग्नुभएको थियो । आइतबार राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेपछि सोही साँझ देउवा निवास पुग्नुभएका राजदूत बुढानिलकण्ठमै रात्रीभोजमा सरिक हुनुभएको थियो । केपी ओलीलाई भने उहाँले सोमबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भेट्नुभएको हो ।

नेपालका लागि २४ औँ भारतीय राजदूत पुरी भारतीय बिदेश सेवामा बहुपक्षिय मामिला विज्ञ मानिनुहुन्छ ।
Rajdoot