अधिकार क्षेत्र मिच्ने सोनाम लामालाई कारबाही गर्दै आईसीसीको अनुशासन आयोग

अधिकार क्षेत्र मिच्ने सोनाम लामालाई कारबाही गर्दै आईसीसीको अनुशासन आयोग


Sonam Lama सोनाम लामा

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाद्वारा सङ्घको अमेरिका राष्ट्रिय समन्वय परिषद्को आसन्न उम्मेदवारको योग्यतालाई लिएर अधिकार क्षेत्र मिचेर मंगलबार विज्ञप्ति जारी गरेपछि अन्तर्राष्ट्रिय समन्वय परिषद्अन्तर्गतको विधान हेर्ने कार्यदल र अनुशासनसम्बन्धी कार्यदलले अनुशासनको कारबाही गर्ने भएको छ । सङ्घको अमेरिका राष्ट्रिय समन्वय परिषद् आबद्ध च्याप्टरहरूले गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाद्वारा सङ्घको अमेरिका राष्ट्रिय समन्वय परिषद्को आसन्न उम्मेदवारको योग्यतालाई लिएर मंगलबार विज्ञप्ति जारी गरेलगत्तै असन्तुष्टि जारी गरेपछि अन्तर्राष्ट्रिय समन्वय परिषद्अन्तर्गतको विधान हेर्ने कार्यदल र अनुशासनसम्बन्धी कार्यदलले अनुशासनको कारबाही गर्ने भएको हो ।

उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाद्वारा सङ्घको विधान र कार्यक्षेत्र मिचेर जारी गरिएको विज्ञप्तिमा अध्यक्ष पदका प्रत्याशी गौरी जोशीको योग्यतालाई लिएर सङ्घको विधान २०१० बाट मात्र लागू भएको भन्दै गौरी जोशी उम्मेदवार हुन नसक्ने जिकिर गरिएको थियो । विज्ञप्ति जारी गरेलगत्तै मंगलबार जनसम्पर्क समिति अमेरिकाआबद्ध विष्णु सुवेदी र प्रमोद सिटौलालाई बोकेर टेक्सास पुगेका क्षेत्रीय संयोजक लामाले जोशीलाई भेटी धम्कीको भाषामा आफूसँग जोशीको उम्मेदवारी खारेज गर्ने अधिकार भएको बताएका थिए । स्मरण रहोस्, गैरआवासीय नेपाली सङ्घ न्याकमार्फत डेलिगेट्स प्रथामार्फत सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्सँग आबद्ध रहेको थियो । जसअन्तर्गत डा. श्याम कार्की सङ्घको केन्द्रीय उपाध्यक्ष, रतन झा महासचिव र डा. अम्बिका अधिकारीले निरन्तर केन्द्रीय जिम्मेवारी सम्हाल्दै आएका छन् । स्मरणीय छ, गौरी जोशी डा. अम्बिका अधिकारी न्याकको अध्यक्ष रहँदा कोषाध्यक्ष थिए र सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्द्वारा जारी विधान र इतिहाससम्बन्धी दस्तावेजमा समेत न्याक सङ्घको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषद्को आधिकारिक निकाय उल्लेख छ । स्मरण रहोस्, सङ्घको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनअन्तर्गत सदस्यता अभियान सुरु भएलगत्तै फर्जी भोटबाट उत्साहित भएका क्षेत्रीय संयोजक लामा सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदका आकाङ्क्षी हुन् र डा. केशव पौडेललाई अध्यक्ष बनाएर इच्छाअनुकूल सङ्घको काठमाडौंमा हुने वार्षिक साधारणसभामा अमेरिकाको प्रतिनिधि बनाउने र आफू निर्वाचित हुने योजनामा सदस्यता अभियानको अन्तिम परिणामपछि त्रसित बन्दै जोशीलाई धम्क्याउन गत मंगलबार टेक्सास पुगेका हुन् । तर, अध्यक्षका प्रत्याशी गौरी जोशीले आफ्नो उम्मेदवारी नेपाली अमेरिकनको हितमा रहेको र हार–जित जे भए पनि उम्मेदवारी कायम रहने बताउँदै लामालाई जवाफी विज्ञप्ति दिएपछि लामा झापाका प्रमोद सिटौला र बाग्लुङका विष्णु सुवेदीलाई सराप्दै न्युयोर्क फर्किएका छन् ।

हेक्का रहोस्, सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले विधानको व्याख्या गर्ने अधिकारसम्पन्न कार्यदलसहित सङ्घको विषयमा कुनै धारणा सार्वजनिक गर्नुपरेमा प्रवक्तामार्फत गर्दै आएको छ भने सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्अन्तर्गतको विधानसम्बन्धी कार्यदलले गौरी जोशीको दाबेदारी वैध हुने लिखित जानकारी सङ्घको अमेरिकास्थित निर्वाचन आयोगलाई उम्मेदवारी मनोनयनलगत्तै उपलब्ध गराउने तयारी गरेको छ ।