यो पुलमाथि दृष्टि दिने कसले ?

यो पुलमाथि दृष्टि दिने कसले ?


Bridge 2

निर्माणकार्यले गति नलिँदा रौतहटको सदरमुकाम गौर र औरैया जोड्ने लालबकैया नदीको पुल निर्माणको कार्य अलपत्र परेको छ । रौतहटको औरैयालगायत दर्जनभन्दा बढी गाउँलाई सदरमुकाम गौरसँग जोड्नका लागि गौरको टिकुलिया घाटस्थित लालबकैया नदीमा बनिरहेको पक्की पुलको निर्माणकार्य सुस्त भएका कारण अहिले पुल निर्माणको कार्य अलपत्रमा परेको छ । ठेक्का सम्झौतामा आगामी ०७४ असार २५ गते निर्माणकार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने उल्लेख रहे पनि हालसम्म एकचौथाइ पनि काम सम्पन्न भएको छैन । हस्तान्तरण गर्ने समय नजिकिँदै जाँदा पनि पुल निर्माणको कार्यमा देखिएको ढिलाइले औरैया, बन्जरहा, मठिया, जोकाहा, जटहरालगायतका एक दर्जन गाउँका स्थानीयवासी चिन्तित बनेका छन् । निर्धारित अवधिमा निर्माणकार्य सम्पन्न गरी पुल हस्तान्तरण गर्न २ करोड ३७ लाख ८ सय ३० रुपैयाँको लागतमा पप्पु कन्स्ट्रक्सनले २९ असार ०७१ मा ठेक्का सकार गरेको थियो । जिम्मा लिएको निर्माण कम्पनीले पुल निर्माणमा दर्शाएको यस लापरबाहीप्रति निगरानी गरेर उचित कारबाहीको पहलकदमी कसले लिने ? सरोकारवाला नागरिक प्रश्न गरिरहेका छन् ।