
– जेबी खत्री
जसले उसलाई लडेको ठाउँबाट उठायो ।
उसैलाई उसले कठालोमा समायो ।
मानवतामा हुनुपर्ने गुणले भरिपूर्ण ऊ
उसले उसमा दानवताको क्रूरता थमायो ।
सोझो, सादा, निमुखा देखेर नै होला उसलाई
उसले उसमाथि आफ्नो शासन जमायो ।
उसकोे ऊ सधैं भलो नै चिताउने मान्छे
तर उसले उसको सधैं आत्मा डमायो ।
कस्तो वैगुनी रहेछ कि के हो कुन्नि खै
सधैं ऊ त्यसमै कति आनन्दले रमायो ।
प्रतिक्रिया