अर्थमन्त्रीको नगद उठाउने काइदा !

अर्थमन्त्रीको नगद उठाउने काइदा !


Mahara अर्थमन्त्रीको नगद उठाउने काइदा !

निर्वाचनको मुखमा रकम सङ्कलन गर्न अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ जुक्ति (युक्ति) निकालेका छन् । चुनावका निम्ति पार्टीलाई आवश्यक पर्ने ठूलो रकम उठाउन सजिलैसँग नसकिने भएपछि महराले अर्थ मन्त्रालयमातहतका निकायहरूलाई परिचालित गरेका छन् । प्राप्त जानकारीअनुसार अर्थमन्त्री महराले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, भन्सार विभाग र आन्तरिक राजस्व कार्यालयलाई उद्यमी व्यापारीहरूमाथि कडा निगरानी राखी छानबिन तथा अनुसन्धानको घेरामा ल्याउन आदेश दिएका छन् । मन्त्रीको निर्देशनपश्चात् आयातकर्ता व्यापारीहरूमाथि भन्सार तथा राजस्व अनुसन्धान विभागबाट, घरजग्गा व्यवसायीहरूमाथि सम्पत्ति शुद्धीकरण विभागबाट र उपत्यकाका खुद्रा व्यापारीहरूमाथि आन्तरिक राजस्व कार्यालयबाट निगरानी बढाइएको छ । सम्बन्धित विभागहरूले सम्बद्ध उद्यमी–व्यवसायीको नामावली तयार गरी ‘कारबाही प्रक्रिया’ अघि बढाएका छन् । सूचीमा परेका व्यवसायीहरूको ‘खातापाता’ तथा लेखा परीक्षण प्रतिवेदन झिकाउने र विभिन्न निहुँ झिकी दुःख दिई मोलमोलाई मिलेपछि छोडिदिने काम गत सातादेखि नै सुरु भइसकेको छ । कर्मचारीहरूले व्यवसायीलाई अङ्कुशमा पार्न सम्बद्ध व्यवसायीकै अडिटरहरूलाई प्रयोग गर्ने गरेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।