कुन नेता किन चाहन्छन् निर्वाचन ?

कुन नेता किन चाहन्छन् निर्वाचन ?


केपी शर्मा ओली
KP-OLI

बहुमान्य हुन नसकेको वर्तमान संविधान जारी गराउन मुख्य भूमिका निर्वाह गर्नुहुने केपी शर्मा ओली केही कालयता आफूलाई राष्ट्रवादी पुष्टि गर्ने अभियानमा देखिनुहुन्छ । देखावटी रूपमा भारतविरुद्ध ‘रोचक’ प्रस्तुति दिँदै आउनुभएका ओलीसहित एमालेका नेताहरूले राष्ट्रियताको मुद्दा उठाएर आफ्नो पार्टी जनतामा निकै लोकप्रिय बनेको ठानेका छन् । सङ्गठन र चुनावी चातुर्यमा समेत अगाडि रहेको ठान्ने एमालेले आगामी निर्वाचन र निर्वाचनहरूले एमालेलाई देशकै सबैभन्दा ठूलो शक्तिका रूपमा स्थापित गर्ने विश्वास गरेको छ । उनीहरूले वर्तमान आफ्नो अनुकूल भएको विश्लेषण गरेका छन्, त्यसैले निर्वाचन गराउन एमालेका नेताहरू हतारिएका छन् । तत्काल स्थानीय र आगामी माघ ७ गतेयता सम्पन्न हुने निर्वाचनले आफूलाई एकलौटी सत्तामा पुनस्र्थापित गराउने विश्वास भएकै कारण ओलीको उच्च प्राथमिकतामा निर्वाचन परेको छ ।

प्रचण्ड
Prachanda

माओवादी अध्यक्ष प्रचण्डको देखल नेतृत्वमा हिंसात्मक सङ्घर्ष भएको भए तापनि व्यक्तिगत रूपमा प्रचण्डलाई साहसिक नभई कायर र डरपोक मानिन्छ । नेपालमा मर्ने–मारिने डर यदि कसैमा सर्वाधिक छ भने त्यो प्रचण्डमा भएको बताइन्छ । तर, यहाँ यतिबेला मर्ने या मारिनेभन्दा पनि ‘उपलब्धि’ गुम्ने ‘खतरा’बाट उहाँ त्राहीमाम हुनुहुन्छ । गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयतालाई महान् उपलब्धि ठान्नुहुने उहाँ निर्वाचन गराउन सक्दा मात्रै ‘उपलब्धि’ जोगिने ठान्नुहुन्छ । त्यसैले उहाँ जसरी भए पनि चुनाव गराउने पक्षमा उभिनुभएको छ । निर्वाचन नहुँदा पनि आफ्नो सत्ता र शरीर सुरक्षित रहने ग्यारेन्टी कतैबाट पाएको अवस्थामा प्रचण्डले के गर्नुहोला भन्न सकिँदैन । अहिलेचाहिँ उहाँ ‘उपलब्धि’को रक्षाका निम्ति निर्वाचन गराइछाड्न कटिबद्ध देखिनुभएको छ ।

शेरबहादुर देउवा
deuwa

नौ महिनाअघि शेरबहादुर देउवा र प्रचण्डबीच चारबुँदे गुप्त सम्झौता हुँदा प्रचण्ड नेतृत्वमा स्थानीय निर्वाचन सम्पन्न गर्ने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएर संसदीय निर्वाचन गराउने भन्ने व्यहोरा उल्लिखित छ । स्थानीय निर्वाचन नगराएसम्म प्रचण्डले सत्ता नछोड्ने र आफूलाई हस्तान्तरण नगर्ने विश्वासमा रहनुभएका देउवा जतिसक्दो चाडो स्थानीय निर्वाचन गराउन चाहनुहुन्छ । वैशाख ३१ गते निर्वाचन सम्पन्न गरेलगत्तै (जेठ १ गते) प्रचण्डले सरकारको नेतृत्व आफूलाई हस्तान्तरण गर्नुहुन्छ भन्ने विश्वास भएकै कारण देउवा स्थानीय निर्वाचन गराउन हतारिनुभएको हो ।
यसरी तीन प्रमुख दलका मुख्य नेताहरू स्थानीय निकायको निर्वाचन गराउन कारण बेग्लाबेग्लै भए पनि कटिबद्ध छन् । कमल थापासहित चारैजना मुख्य नेताहरू चुनाव गराइछाड्ने पक्षमा भए पनि निर्धारित समयमै निर्वाचन हुनेमा भने आशङ्का कायम छ ।