यस्तो हुने देखियो आगत दिनमा

यस्तो हुने देखियो आगत दिनमा


शिवदत्त ढकाल


– शिवदत्त ढकाल

वि.सं. २०७४ का राजा शुक्र, मन्त्री बुध, राजा मन्त्रीको फल पञ्चाङ्गमा लेखिएकै छ । शुक्र सुख हो, कामुक हो र स्त्री ग्रह हो, ब्राह्मण वर्णमा मानिन्छ, सचिव । बुधचाहिँ कुमार ग्रह हो । यसबाट के बुझिन्छ भने शुक्र ठिटो ग्रह हो, उत्ताउलो पनि हुन्छ । नीति छ, बाल स्त्री वृद्धनायक बहुनायक आशङ्कारहित हुँदैन । केही न केही उपद्रव अवश्यम्भावी छ । शासक कमलभन्दा कोमल र बज्रभन्दा कठोर पनि समयअनुसार हुन्छ । तर, एकरसता एकरूपता सर्वकालीन हितकर हुँदैन । संसारका लागि यो साल ज्यादै आनन्दमय छ, तर जहाँ मनोरम छ, त्यहाँ विवाद पनि रहन्छ । बुध नपुंसक ग्रह हो, यसकारण शून्य फल बुध प्रायः सूर्यको साथमा रहन्छ, सत्सङ्ग बुद्धिबद्र्धक सिपालु छ । ज्ञानदाता वृहस्पति यो सालको पूर्वाद्र्धमा बुद्धिबल उत्तराद्र्धमा नीतिबलका ग्रह स्थानमा हुँदा यो साल समझदारी सबैमा रहनेछ । नेपालको हकमा वर्षको उत्तराद्र्धमा गुरु बाह्रौँ पर्छ, राष्ट्ररक्षा नहुने, राष्ट्र नै अरूको जिम्मा लगाउने, नेपालका राजनेता सारै उदारमना हुने डर छ र नेपालीले शासकको भरोसा छाड्ने सम्भावना छ ।

आगामी दुई वर्षभन्दा बढी नेपाल राष्ट्रको साढे सात शनि दशा चालू रहन्छ । पाँच वर्ष बितिसकेको छ । साढे सात शनिको दशामा संविधान आएको शनि साढे सात हटेपछि स्वतः यो संविधान पनि हट्छ । यदि यही रहिरहने हो भने यो संविधान रहेसम्म विवाद बढेर राष्ट्र समाजको पनि दुर्दशा देखिने छ । किनभने शनि साढे सात दूरगामी कार्यका लागि अमान्य छ । गत २०७२ असोज ३ गते रविवार सप्तमी तिथि रविसप्तमी हो । यस दिन पर्वका साथै वृश्चिक राशिको शनिश्चरसँगै बसेको चन्द्र योग खराब हो । नाम राशिको दिनराशि हो, यस दिन कार्यक्रम अगाडि बढाउनेले जेष्ठा नक्षत्र पनि हुनाले सफलता नपाइने उग्रदारुण दिन हो, तर सोही दिन नै संविधान आएकाले गुरु शुक्र किरण बल पनि मलिन छ ।

रवि नक्षत्रदेखि सातौँ नक्षत्र उल्का उल्कापातकारक बन्छ । २०७२ असोज ३ गते त्यस्तै नक्षत्र योग परेको दिन हो जस्तो नक्षत्र योग २०७२ वैशाख १२ गते थियो । अतः संविधान विनाशक जेष्ठा छ । सूर्य नक्षत्रदेखि चन्द्र नक्षत्र सातौँ पर्दा भूकम्पीय उल्कापात दोष लाग्छ त्यस दिन ल्याएको संविधानले नेपाल देशलाई विलय गराउँछ, तसर्थ यो संविधान रोकिन आवश्यक छ ।

नेपालको अनुराधा नक्षत्र वृश्चिक राशि हुन्छ । चन्द्रमा निचांशमा पर्छन् । वृश्चिक राशिका स्वामी मंगल हुन्, मंगल ग्रह उच्च उदय अवस्थामा नेपालको श्री वृद्धि हुने हो । ०७४ वैशाख ९ गतेसम्म मंगलको शुक्रसित वैरभाव छ । त्यसकारण क्रियाशील शुक्र मंगलको विवादका कारण नेपालको शान्ति व्यवस्था खलबलिन सक्छ । मंगलले वृषमा बसेर आफ्नो राशिलाई हेरेका पनि छन्, नीति बलको अभाव छ । शनिको बक्रमति छ, भाद्र ७ गतेसम्म रुष्ट शनिको कारण दुर्मति भएकाहरूको मात्र होइन समस्त सिर्जनामा अति नराम्रो प्रहार हुनेछ । शनि वृहस्पतिबीच पनि शत्रुता छ र हितकर कुरा कसैलाई पाच्य हुने छैन । जेठ ५ गतेसम्म शनि र गुरुको मनोमालिन्यका कारण नियम–नीति तथा ज्ञान विवेकको विकृत रूप बन्नेछ र साढे साती शनि प्रकोप नेपालका लागि ज्यादै अशुभ सूचक छ । शनिबक्र सारै क्रूर हुन्छ । वृश्चिकमा शनि बसेको छ, वृषमा बसेर मंगलले हेरेको छ । यस्तो स्थितिमा चुनावको तिथिमिति तोकिएको छ, योभन्दा ठूलो उपद्रव अर्को देखिन्न । भाग्यस्थानमा राहु । केतु दशम् । चतुर्थ केन्द्रका परेर अभिभावकशुन्य पारेका छन् ।
२०७२ सालको सिंह राशिस्थ गुरु भदौ गुर्वादित्य योगमा पनि संविधान पास भयो, असोजमा ३ गते आयो । सिंहरथ गुरुयोग यस्तो राज्य सञ्चालनको विधान दुष्परिणामको द्योतक हो । २०७२ असोज ३ गते संविधानका दिन चन्द्र शनियोग छ । राष्ट्र विरक्ति हुन्छ । शनि चन्द्र मिलेपछि राष्ट्र उदास बन्छ, त्यसैले राष्ट्रविमुख संविधान आयो । सिंह मकरको गुरु अस्त गुरु राजकाजका लागि नराम्रो हुन्छ । २०७४ वैशाखमा पनि गुरु बक्र छ । बक्र अस्त गुरु विवाहादि कामका लागि त निषेध छ भने राज्य कर्मका लागि त अनिष्ट नै हुन्छ । वृहस्पति बल नभएको श्री ५ वीरेन्द्र राज्याभिषेक पनि थियो । वृहस्पति बल लाखौँ दोष मेटाउँछ, यही ग्रह नै दुर्बल परेको समय सारै नराम्रो हुन्छ ।

२०७४ वैशाख ३१ गते आइतबार पनि शनि चन्द्रयुक्त छ । मंगलको दृष्टि परेको छ यो चुनाव घोषणाको दिन पनि उस्तै उत्पात मच्चाउने चुनावको परिणाम हुने दिन हो । ग्रहव्यवहार लोकव्यवहार स्थानव्यवहार चेष्टाव्यवहार जसलाई भन्न सकिन्छ देश काल चेष्टा र नीति वा दिशाबल जे भने पनि हुन्छ । पुण्यक्षेत्र नेपालमा सत्कर्मको खाँचो छ । परन्तु सत्कर्म देखिएन । त्यसो हुँदा गुरु शुक्र बुध बल पनि रहेन । शनिभौम दोषको प्रभाव छ । नेपालको वृश्चिक नाम राशि हो । यसबाट गृह गोचरको विचार गर्दा गृहस्थानमा केतु बसेको छ । शनिको दृष्टि परेको छ । गृह मन्त्रालय भताभुङ्ग परेको छ । धनस्थानमा शनि छ, मंगलले देखेको छ । राजकोष पनि छैन । चोर, तस्कर, भ्रष्टहरूले उजागर गरेका छन् । राज्यस्थानमा राहु छ सिंहको शत्रुग्रही भयो । यो स्थिति साउनको अन्तिम हप्तासम्म रहन्छ । २०७४ भदौपछि वर्तमान समयका देश हाँक्ने पार्टीहरूले राज्य सञ्चालन गर्न छाड्नेछन् । नेपालका शासनरत दलहरूले राष्ट्र हस्तान्तरण गर्ने स्थिति छ, किनभने २०७२ वैशाख १२ गते गएको भूकम्पको ६ महिना नसकिँदै संविधान ल्याएर संविधानलाई नै मरणासन्न पारेको हुनाले तीन वर्षभित्रमा त्यो संविधानको आयु सकिनेछ । कसैले भन्छ सकिने जीवन्त स्वरूपको होइन प्राणको सञ्चरणको हो, कार्यको हो । किनभने संविधानको प्रारम्भ नै प्राण हानि हुने समयमा आयो । यो राजनीतिक विश्लेषण होइन गृहस्थितिको आँकलन गरेको हो । ईश्वर ग्रहभन्दा माथि छ । त्यसकारण ईश्वरकृपा भएन भने ग्रहयोग पूर्ण फलप्रद हुन्छ । वर्तमान समयका आचरण नभएका शासकलाई ईश्वरकृपा रहने सम्भावना छैन । किनभने गोब्राह्मणदेव निन्दकको पतन अवश्यम्भावी हुन्छ । खास गरेर सूर्य शनि राहु केतुका साथै वृहस्पति ग्रहको आँकलन गर्दा वृहस्पति विगत र शनि आगत अग्राधिकारी बनेको छ । शनि दुःख हो, शरीर सम्पत्ति शक्ति गृहभूमि सन्नति सबैको मर्दन गर्ने शनिप्रकोप छ । एक मात्र शिव उपासना चािहन्छ । नेपाल धर्मप्राण देश भएकाले धार्मिकराज्य भएन भने राष्ट्र विप्लवसम्म हुने खतरा छ ।

आगामी दुई वर्ष नचिताएको परिणति देखापर्छ । तसर्थ सबभन्दा राम्रो सत्तासीनहरूले हठ त्याग्न जरुरी छ । नेपालका राजा भाग्यशाली रहेछन् । २०७२ वैशाख १२ गतेको भूकम्पको समयमा शासनारुढ थिएनन् । सुशील कोइराला गइसके, रामवरण यादव किन हटे भने उनी जनमतबाट आएका थिएनन् । त्यसैगरी वर्तमान राष्ट्रपतिलाई पनि जनमत प्राप्त छैन । यी त उचालिएर राखिएका हुन् । श्री ५ ज्ञानेन्द्रले बुद्धि पु¥याएका रहेछन्, भूकम्पको समयमा उनी राजसिंहासनमा थिएनन् । आफैँले उत्थान गरेको संसद्बाट आपैmँ फालिएको निमित्त बनाए । यो साँचो होइन । २०७६ साल, २०७७ साल नेपालका राजाको साल हुनेछ । कसैले भन्छ कि किन, के, कसरी, कहाँ ? त्यसको जवाफ छैन, किनभने सञ्चित कर्म देखिन्छ । प्रारब्ध भेटिन्छ, क्रियमाण हातमा रहन्छ, सञ्चित रोकिन्छ फालिन्छ पनि तर प्रारब्ध भोग्नैपर्छ ।

पर हुने कुरा पनि वर आउँछ वर हुने कुरा पनि पर जान्छ । त्यो त पात्रको हातमा पनि हुन्छ, उत्कर्षण र अपकर्षण हुने हुनामी अवश्यम्भावी छ । विपना भएन भने सपनामा हुन्छ । बुद्धिको धर्मको पनि हात छ, सपनामा हुनुपर्ने कुरा पनि विपना हुन्छ । किनभने, फल अवश्यम्भावी छ । स्थूल रूपमा हुने कुरा क्रियाकलापबाट सूक्ष्म पार्न सकिन्छ, सूक्ष्म रूपलाई बढाएर स्थूल रूप पनि पार्न सकिन्छ । त्यसकराण सम्भावितलाई बढावा दिने कि घटाउने, त्यो कार्यकर्मबाट निहित हुन्छ । ग्रहशान्तिका साथै आचरणको शुद्धीकरण भयो भने काल पनि टर्छ ।
फोन : ९८४९२९१९१४