सलमानसँग किन रिसाइन् अर्पिता ?

सलमानसँग किन रिसाइन् अर्पिता ?


Arpita

दाजु–बहिनीको सम्बन्ध नै यस्तो हो जहाँ अत्यधिक प्रेम र स्नेह हुन्छ, तर यो नातामा कहिलेकाहीँ उत्तिकै खटपटको अवस्था पनि पैदा हुन्छ । यतिबेला यस्तै परिस्थितिको सिकार बनेका छन् वलिउड सुपरस्टार सलमान खान । दुई वर्षअघि मात्रै धुमधामपूर्वक विवाह गरी पठाइएकी बहिनी अर्पिता शर्माको कारण सलमान निकै तनावमा परेका छन् । आफ्ना दाजु सलमान भनेपछि भुतुक्कै हुने अर्पिता यतिबेला किन उनसँग रुष्ट बनिन् होला ? चासो लाग्नु स्वाभाविक छ । भएको के रहेछ भने अर्पिताका श्रीमान् आयुष शर्मा फिल्मको हिरो बन्न चाहन्छन् र यसका लागि जेठान सलमानले आफ्नो निम्ति एउटा सिनेमा निर्माण गरिदिउन्, जसबाट बलिउडमा नायकको रूपमा प्रवेश गर्न सजिलो होस् भन्ने आयुषको चाहना छ । उनको यो चाहना बुझेपछि अर्पिताले आफ्ना श्रीमान्को निम्ति एक भव्य फिल्ममा लगानी गर्न सलमानसँग सोझै आग्रह गरिन् । बहिनीलाई अत्यन्त माया गर्ने सलमानले पनि सुरुमा दायाँबायाँ विचार नै नगरी आफ्नो फिल्म प्रोडक्सनमार्फत् ज्वाइँलाई हिरो बनाइदिने बचन दिए । तर, समय बित्दै गयो, उनको बाचा पनि थाती नै रहन पुग्यो । यसबीच ‘ट्युबलाइट’ नामक फिल्मको घोषणा पनि गरे सलमानले तर त्यसको हिरोका रूपमा भने आयुषलाई घोषणा गरेनन्, जसबाट अर्पिता उनसँग निकै रिसाउन पुगिन् । आफूले अत्यन्त प्यार दिएकी बहिनीलाई खुशी तुल्याउन अब सलमानले कुन उपाय अपनाउने हुन्, वलिउडमा प्रतीक्षाको विषय बनेको छ ।