रहेनन् विनोद खन्ना

रहेनन् विनोद खन्ना


vinod_khanna 2

प्रसिद्ध वलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । पछिल्लो समय क्यान्सरसँग जुधिरहेका खन्नको केही दिन अघि रुग्न अवस्थामा अस्पतालमै खिचिएको तस्बिर सार्वजनिक भएको थियो, जो सार्वजनिक सञ्जालमा भाइरल बन्न पुग्यो । सो तस्बिर सार्वजनिक भएपछि मात्र धेरैले विनोदको स्वाथ्य अवस्थाबारे जानकारी पाएका थिए । विनोदको उपचार मुम्बईकै एक अस्पतालमा भए पनि निकै गुप्त राख्न खोजिएको अनुमान गरिन्छ ।

खलनायकको रूपमा फिल्मी करिअर सुरु गरेका विनोद खन्नाले पछि नायकको रूपमा ख्याति कमाएका थिए । थुप्रै फिल्ममा काम गरेर प्रसिद्धि कमाइसकेपछि सन् १९७१ मा मात्र सोलो लिड रोल (एकल नायकका भूमिका)मा उनले ‘हम तुम और वो’ नामक फिल्ममा काम गरेका थिए । विनोदका ‘मेरो अपने’, ‘कुर्बानी’, ‘पुरव और पश्चिम’, ‘रेश्मा और शेरा’, ‘हाथ की सफाई’, ‘हेराफेरि’, ‘मुकद्दरका सिकन्दर’ जस्ता सानदार फिल्म कालजयी मानिन्छन् ।

सन् १९७५ मा एकाएक फिल्मबाट सन्यास लिएका विनोद ओशो रजनीशका भक्त हुन् । पूणेस्थित ओशो आश्रममा जाँदाजाँदै ओशोको प्रिय बन्न पुगेका विनोद रजनीशकै साथ लागेर अमेरिका गए । पाँचवर्षे अमेरिका बसाईमा उनले रजनीशको जुठो थाल माझ्नेदेखि ट्वाइलेट सफाइ समेत गरेको चर्चा त्यसबेलै चलेको थियो । एक अन्तर्वार्तामा विनोद
स्वयमले चाहिँ अमेरिकामा आफूले रजनीश आश्रममा मालीको काम गरेको बताएका थिए । विनोदलाई कुनैबेला ‘सेक्सी सन्यासी’ भन्ने उपनाम पनि दिइएको थियो । ओशोसँग जोडिएपछि विनोदले आफ्ना सयौँ जोडी सुट, कपडाहरू, जुत्ता तथा अन्य लग्जरी सामानहरू सर्वसाधारणलाई बाँडिदिएका थिए ।

यस्ता कर्मका कारण सधैं चर्चामा रहेका विनोद खन्न भारतीय जनता पार्टीमा आवद्ध रहेका थिए । खन्ना सो पार्टीबाट सांसद् पनि रहिसकेका व्यक्ति हुन् ।

Vinod Khanna