नेपाली काङ्ग्रेसको परिकल्पना : अबको दश वर्षमा यस्तो हुनेछ नेपाल

नेपाली काङ्ग्रेसको परिकल्पना : अबको दश वर्षमा यस्तो हुनेछ नेपाल


manifesto cover NC

१. मध्यम आय भएको, उद्यममैत्री, गतिशील, लोककल्याणकारी राज्य ।

२. दोहोरो अङ्कको वार्षिक आर्थिक वृद्धि हासिल ।

३. हरेक वर्ष कम्तीमा रु. १०० अर्बबराबरको विदेशी लगानी भित्रिएको ।

४. स्वदेशी र विदेशी निजी लगानीले वर्षेनी तीन लाखभन्दा बढी रोजगारी सिर्जना ।

५. गरिबीको रेखामुनि रहेका जनताको हिस्सा ३ प्रतिशतभन्दा कम ।

६. अधिकांश नेपाली मध्यमवर्गीय स्तरका ।

७. समग्रमा ९५ प्रतिशत नेपाली साक्षर ।

८ सबै युवा (१५ देखि २४ वर्षका) साक्षर तथा कुनै न कुनै विषयमा सीप र दक्षता हासिल ।

९. नेपालमा कुपोषण र भोकमरी निर्मुल ।

१०. नेपालीको औसत आयु ७७ वर्ष ।

११. शिशु मृत्युदर ३३ (प्रति १००० जीवित जन्म)बाट घटेर ५ र मातृ मृत्युदर २५८ (प्रति एक लाख जन्म)बाट घटेर ५० ।

१२. १०,००० मेगावाटभन्दा बढी ऊर्जाको उत्पादन ।

१३. आफ्नो आन्तरिक खपतभन्दा बढी ऊर्जा निर्यात र नेपालको अन्तर्राष्ट्रिय छवि ‘शत प्रतिशत स्वच्छ ऊर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्र’ ।

१४. काठमाडौं–मधेस एक्सप्रेस वे लगायत ४ देखि ६ लेनका १००० किमीभन्दा बढी द्रुत–मार्ग, ५०० किमीभन्दा बढी रेल्वे लाइन, ५०,००० भन्दा बढी किमी कालोपत्रे सडक र टनलको सञ्जाल निर्माण ।

१५. चारवटा अन्तर्राष्ट्रिय विमानस्थलहरूको सञ्चालन ।

१६. प्रत्येक वर्ष ३२ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिने र ४० लाख नेपालीको पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी ।

१७. तराई–मधेस र पहाडका १८ लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाह्रै महिना सिञ्चित ।

१८. प्रमुख तरकारी र खाद्यान्नहरूमा नेपाल आत्मनिर्भर ।

१९. मोबाइल फोनको पहुँच जनसङ्ख्याको अनुपातमा १३५ प्रतिशत पुगेको र इन्टरनेट सबै गाउँ तथा नगरपालिकामा उपलब्ध ।

२०. नेपालको ७५ प्रतिशतभन्दा बढी जनसङ्ख्याको व्यवस्थित, सुविधासम्पन्न, आधुनिक नगरहरूमा बसोबास ।

२१. सबै नयाँ भवनहरू अनिवार्य रूपले भूकम्पप्रतिरोधी ।

२२. बाढी, पहिरो, आगलागीजस्ता प्राकृतिक विपत्का अकालमा मृत्यु हुनेको सङ्ख्या अहिलेको वार्षिक औसत ४१५ जनाबाट घटेर २ दर्जनभन्दा कम ।

२३. नेपालको ४५ प्रतिशत भूभाग बनले ढाकेको हुने, जलवायु परिवर्तन र अल्पकालीन जलवायु प्रदूषकहरूको नकारात्मक प्रभावलाई यथासम्भव न्यूनीकरण ।

२४. सरकारी निकाय, निजी क्षेत्र र सामाजिक संस्थाहरू वातावरण संरक्षण, आर्थिक विकास तथा सामाजिक सेवामा तत्परताका साथ सहकार्य ।

२५. सबै तहमा संसदीय लोकतन्त्रको जगमा समावेशी, उत्तरदायी, भ्रष्टाचाररहित शासन व्यवस्था कायम ।

– काङ्ग्रेस घोषणापत्रमा आधारित