गृहको जिम्मा कसलाई ?

गृहको जिम्मा कसलाई ?


who is going to be Home minister

सरकारबाट कमल थापा नेतृत्वको राप्रपा बाहिरिए पनि विद्यमान सत्ता गठबन्धन कायमै रहने र तत्काल सरकार नढल्ने भएको छ । कुनै कारणवश सरकार ढल्ने स्थिति उत्पन्न भए पनि नवगठित राष्ट्रिय जनता पार्टीले सरकारलाई बाहिरैबाट समर्थन दिने सम्भावना भएकोले प्रचण्ड नेतृत्वको सरकारले निरन्तरता पाउने भएको हो । तर, स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि (वैशाख ३१ गते) भने प्रचण्डले काङ्गे्रस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने निश्चित मानिएको छ । कुनै अप्रत्यासित घटना भएन भने जेठको पहिलो साता देउवाले सरकारको नेतृत्व सम्हाल्ने भएका छन् ।

यसैबीच रिक्त हुन पुगेको गृहमन्त्री पदमा कसलाई चयन गर्ने भन्ने विषयमा काङ्गे्रसको उच्च तहमा छलफल प्रारम्भ भएको छ । केही दिनका लागि मात्र गृह मन्त्रालय काङ्गे्रससँग रहने भएकोले सो जिम्मेवारी लिन काङ्गे्रसका नयाँ नेता (मन्त्री नभएका)हरूले रुचि देखाएका छैनन् । सम्भावित गृहमन्त्रीका रूपमा बालकृष्ण खाण, गोपालमान श्रेष्ठ र पूर्णबहादुर खड्कालगायतका नेताहरूको नाम आएको भए पनि श्रेष्ठ र खड्का दुई साताको लागि मात्र गृहमन्त्री बन्न इच्छुक देखिएका छैनन् । पार्टी सभापतिनिकट मानिने रमेश लेखकले चाहिँ छोटै समयका लागि भए पनि गृहमन्त्रालयसँग जोडिने चाहना राख्नुभएको चर्चा चलेको छ । त्यसैले लेखकले नै गृहको जिम्मेवारी पाउन सक्ने र हाल रक्षामन्त्री रहेका बालकृष्ण खाणको सम्भावना पनि उत्तिकै रहेको बुझिन्छ ।