यस्तो पनि हुन्छ राखेपमा !

यस्तो पनि हुन्छ राखेपमा !


sport counsil

राष्ट्रिय खेलकुद परिषद्मा पुरुष हाकिमहरूबाट मातहतका महिला कर्मचारीहरूमाथि यौन दुव्र्यवहार र आर्थिक शोषण हुने गरेको दुःखदायी समाचार घटना र विचारलाई प्राप्त भएको छ । अस्थायी महिला कर्मचारीहरूको सेवा अवधि थप गर्ने र स्थायी कर्मचारीको सरुवा र बढुवा गर्नुपर्ने अवस्था आउँदा ‘हाकिम’ बनेका केही पुरुष कर्मचारीले यौन दुव्र्यवहार र आर्थिक शोषण गर्ने गरेको सम्बद्ध पक्षले खुलासा गरेका छन् । करारमा नियुक्त एक महिला कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएकी थिइन् । तर, अहिलेसम्म पीडकलाई परिषद्ले कुनै कारबाही गरेको छैन र अख्तियारले पनि कारबाही गर्ने तत्परता अहिलेसम्म लिएको छैन ।

अर्की एक महिला कर्मचारीले आफू ०६३ सालमा बढुवा हुने क्रममा हाकिमलाई पचास हजार रुपैयाँ घुस दिनुपरेको खुलासा पनि अहिले आएर गरेकी छिन् । राखेपको बोर्डमा शकुन्तला नगरकोटी, शान्ति सिंह र अस्मिता गुरुङ कार्यरत भए पनि तिनले महिला कर्मचारीमाथि भइरहेको शोषण र दुव्र्यवहारविरुद्ध कुनै कदम चाल्न सकेका छैनन् । महिला कर्मचारीको पीडामाथि राखेपको मौनतालाई दुःखद र आश्चर्यजनक मानिएको छ । भनिन्छ, खेलकुद परिषद्मा महिला कर्मचारी पञ्चायतकालदेखि नै शोषित र पीडित हुने गरका छन् ।
(विस्तृत समाचार ‘खेलकुद’मा)