
कसैको मायाप्रेमबाट उत्पन्न यातनाकै कारण महिना दिन पुलिस कस्टडीमा बिताउन बाध्य भएँ भनी आर्तनाद गर्नुपर्दाको पीडा भुक्तभोगीलाई मात्र महसुस हुने रहेछ । त्यही अभागीमध्येको एक हुनुको नाताले व्यथा–विलौना सार्वजनिक गर्दै छु ।
भीमकला दाहाल खड्कासँग जीवन बिताएको बाह्र वर्षपछि गत माघ ११ देखि फागुन १० सम्म इलाका प्रहरी चौकी दमकको कस्टडीमा तीस दिन बिताउन बाध्य भएको अभागी म राजकुमार खड्का हुँ । आङसराङ–३ पाँचथरका चोमबहादुर दाहालको छोरी भीमकलासँग सामाजिक परम्पराअनुसार विवाहबन्धनमा बाँधिएर दुई छोराछोरीको बुवासमेत भएको व्यक्ति हुँ म । हाम्रो सम्बन्धमा खटपट आउँछजस्तो मलाई कहिल्यै लागेको थिएन । ०६७ सालमा रोजगारका लागि म विदेशतिर लागेँ ।
विदेशमा पनि कसैले नपाएको दुःखकष्ट भोगेर एक–एक पैसा जम्मा गरेर घर पठाएँ । भीमकलाकै भाइ विश्वदीप दाहाल काठमाडौंमा क्याम्पस पढ्न भनेर गए । जसको घरमा एक रुपैयाँ आयस्रोत थिएन । बुबाको चौबीसै घन्टा जाँडरक्सीमा आङसराङमा दैनिकी चलिरहेको छ । त्यसैबखत कान्छी बहिनी मन्दिरा दाहाल पनि क्याम्पस पढ्न भनेर फिदिममा हाम्रै सल्लाहले गइन् । उनीहरूको आर्थिक भार पनि मैले नै खेपेर विदेशमा पातमाथि ज्यान राखेर एक–एक सुका घरमा पठाएँ । त्यसैबेला दमक–५ मा चार कट्ठा जमिन उनै भीमकलाको नाममा किन्न सकेँ । हामी दुईजनाकै सल्लाहले उनैको नाउँमा विराट बैंक बुधबारे झापामा खाता पनि खोलेर ६ लाखभन्दा बढी नगद पनि जम्मा गरेको थिएँ । यति गर्नलाई मैले मलेसियामा मलेसियन रिङगेट चौबीस सयदेखि अट्ठाइस सयसम्म तलब थाप्थेँ । यति तलब थाप्नलाई ३६ देखि ४८ घन्टासम्म लगातार ड्युटी गर्नुपथ्र्यो । यति दुःख गर्दा खुट्टाको बूढीऔंलाका नङ गाडिएर पाक्थ्यो । कतिपटक त अप्रेसनसम्म गर्नुपरेको थियो । मलेसियन लामखुट्टेले खाएर डेङ्गु रोग लागेर हस्पिटल धाउँदै गर्दा कम्पनीले छुट्टी नदिएपछि रातभरि ड्युटी गर्नुपथ्र्यो । ड्युटी नगए कम्पनीले तीन दिनको तलब एकैपटक पेनाल्टी हानिदिन्थ्यो ।
म हिरासत परेपछि भीमकलाले नानीहरूलाई कुटपिट गरेर घरबाट निकाली घरमा तालाचाबी फोरेर भएको सामान पनि गायब बनाएकी छ । त्यसपछि नानीहरूले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिए पनि प्रहरीले आइन्दा कुटपिट नगर्ने कागजमा सहीछाप गराएर छाडिदियो । नानीहरू आम्दा अस्पतालमा उपचारपछि हजुरबुबा–आमाको शरणमा बसेका छन् ।
प्रवासमा रोजगारी गर्ने कुनै पनि नेपाली युवाले आफ्नो घर–परिवारलाई दुःख देखाउन चाहँदैन । घरको समस्या नै ठूलो हो भन्ने सोचका साथ काम गर्छ । अरूको छेउमा आफ्नो घरपरिवार सुखी बनाउनु नै उसको ध्येय हुन्छ । प्रवासमा जतिसुकै पीडा भए पनि हाँसेरै बिताउनुपर्छ । कसैले हिँड्दाहिँड्दै पछाडिबाट एक लाती हान्यो भने पनि जुरुक्क उठेर आफैँले पहिला सरि भन्नुपर्छ, नत्र अरू लात्ती खाइन्छ । काममा सानातिना गल्ती केही पनि गर्न पाइन्न । यदि गरिएमा हप्तौँ दिन सस्पेन्स परिन्छ । यस्तै पीडाहरू सहँदै धेरै युवा होमसिक हुन्छन् । कोही त सुतेको सुत्यै पनि हुन्छन् । घरपरिवारले राम्रो सन्देश नदिँदा र प्रवास पनि सोचेजस्तो नभएपछि कतिपय मानिस प्रवासमै विलीन हुन्छन् ।
म पाँच वर्षको प्रवासी जिन्दगीलाई स्थगित गर्दै आफ्नो घरपरिवार सम्झिएर शनि–अर्जुन–८ सेतीपानी (बुधबारे) घरमा आएँ । तर, जसलाई आफ्नो जीवनको नजिकको साथी ठानेको थिएँ उनी नै परिवर्तन भएकी रहिछिन् । एक हप्तामै मैले उनको फेरिएको मनस्थितिको भेउ पाइसकेको थिएँ । उनी यति बदलिएकी थिइन् कि हामी सुत्ने बेड मात्र नभई कोठा नै अलग भइसकेको रहेछ । बोलीचालीसमेत राम्रोसँग हुँदैनथ्यो । प्रवासबाट फर्किंदा कति धेरै रहर र सपना बोकेर आइएको हुन्छ । ती जम्मै एक–एक हप्ता गर्दै चकनाचुर हुँदै गइरहेका रहेछन् । करेसो जोडिएको छिमेकी रमेश महतोसँग भीमकलाको मायाप्रेम बसिसकेको रहेछ । मलाई आँखा छलीछली कहिले दिउँसोको समय त कहिले रातिको समय भेट्ने गर्दा रहेछन् । एक दिन–दुई दिन गर्दागर्दै नानीहरू र मलाई सबै थाहा भयो । यस्तो कुरा गाउँसमाजले थाहा पाउलान् भनेर आफूचाहिँ घरभित्रैबाट समस्याको समाधान गर्नेतर्फ लागेँ । तर, भीमकलाको व्यवहारमा सुधार आएन । अब घरबाट बाहिर कुरा आउन थाल्यो । गाउँसमाजले औँला उठाउन मात्र थालेन कि शनिश्चरे प्रहरी चौकीमा त्रिपक्षीय कागजसमेत लेखिलेखाइ गरी मिलापत्र गर्नुपर्ने अवस्था निम्तियो । तर, अहिलेसम्म पनि उक्त कागजको कुनै कार्यान्वयन हुन सकेको छैन । कागजमा गाउँसमाजका भद्रभलाद्मी, प्रहरी प्रतिनिधिसमेतको रोहवरमा भीमकला र भीमकलासँग जोडिने महतो र मेरो त्रिपक्षीय कागजमा भीमकलाको नाउँमा बैंकमा रहेको नगद र विदेशबाट पठाएको नगदको हरहिसाब बुझाउने कुरा उल्लेख थियो । मैले विदेश रहँदा किनेको, तर उनको नाउँमा रहेको चार कट्ठा जमिन फिर्ता पास गर्ने सहमति गरिएको थियो । पटकपटक गाउँसमाज बसेर मिलाउँदा पनि घटना दोहोरिइरहेपछि त्यहाँबाट दमक बसाइँसराइ गरी जानुपर्ने भयो ।
प्रहरी हिरासत भनेको त एउटा सुधार केन्द्रजस्तो हुनुपर्छ, एउटा मन्दिरसरह हुनुपर्छ । त्यहाँ सही–सत्य मात्र बोलिनु या गरिनुपर्छ जस्तो लाग्थ्यो मलाई । त्यहाँबाट फर्किएपछिका थुनुवाहरूले सकारात्मक सोच बोकेर समाजमा जानुपर्छ र समाजमा नयाँ कार्य गर्न सक्नुपर्छ भनी ठान्थेँ म । तर, होइन रहेछ । हिरासतमा भेटेका धेरै बन्दी थुनुवालाई हेर्दा उनीहरूको दिमागमा सकारात्मक सोचभन्दा पनि नकारात्मक सोच जन्माएर हिरासतमुक्त हुँदा रहेछन् भन्ने मैले प्रस्टै अनुभव गरेँ । पहुँच र पैसा हुनेहरू सोसफोर्स गरेर हिरासतमुक्त हुन्छन् । मुद्दा आफ्नो पक्षमा पार्छन्, तर गरिब निरीह असक्तहरू प्रहरीले जे–जे भन्छन्–गर्छन् त्यसैलाई स्वीकार गर्दै सजाय भोग्न बाध्य हुनुपर्छ । थुनुवा तिनीहरू सबै अपराधी हुँदैनन्, तर कानुनी रूपमा उनीहरूलाई अपराधी बनाइँदोरहेछ ।
कागज गरेको केही दिनदेखि घरबाट सामानहरू एउटा–एउटा गर्दै हराउन लागेका थिए । हुँदाहुँदै घरबाट राम्राराम्रा सामान, महत्वपूर्ण कागजपत्र, सुनचाँदी, गरगहना नगद सबै भीमकलाले उनैकी बहिनीको घर इलामतर्फ हुँदै माइतीघर पाँचथर पु¥याउन थालिछन् । गाउँघरबाट भीमकलाकै कारण शनि–अर्जुनबाट दमक–५ मा बसाइँसराइ गरी गएको हप्ता दिनपछि भीमकला कहिले दमक बजार कहिले बिर्तामोड बजार गर्दागर्दै एक महिना बित्यो । कसैले भनेको नमान्ने, नसुन्ने यति हुँदाहुँदै एकाएक दमकबाट भीमकला बेपत्ता भएर काठमाडौं पुगेको हल्ला आयो । एक हप्तापछि गाउँका उसैको आफन्तले हल्ला फिँजाए, तर घरपरिवार नानीहरूमा सम्पर्क भएन । आखिर भीमकला के चाहन्थिन् त ? आफ्नो कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन ? महिलाअधिकार भनेर मात्र हुन्छ कि आफ्नो जिम्मेवारी पनि बोध गर्नुपर्छ ? अधिकार खोज्ने, तर कर्तव्यबोध नगर्ने हो भने बाँकी जिन्दगी कसरी बित्छ त ? समाज कतातिर जाँदै छ त ? उनैको भाइ विश्वदीप दाहालले भएको जमिनको आधा भीमकलालाई अंश दिनुपर्ने दबाब दिन थाले । भएको जम्मा जमिनको आधा भनेको चार कट्ठा हुन आउँछ । उसलाई आधा दिएपछि बाँकी चार कट्ठा दुई नानीहरू र मैले खानुपर्ने भन्ने आयो । घरबाट हिँड्दा भीमकलाकै कान्छी देउरानी इन्दिरा खड्का र नाताले उसैकी फुपूकी छोरी लक्ष्मीमाया खड्काले बाटो खर्च दिएर पठाएको कुरा बुझिन आयो ।
घरमा भएका राम्राराम्रा भाँडावर्तन लत्ताकपडा तिनै आफन्तकोमा लुकाएर हिँडेकी रहिछन् भीमकला । अब घरमा दुई नानीहरूका साथमा मसमेत तीनजना मात्र भयौँ । हामीले जे–जस्तोसुकै परिस्थिति आए पनि घरव्यवहार सम्हालेर दैनिकी सञ्चालन गर्न थाल्यौँ । बर्खामा नानीहरूको सहयोगमा धान खेती गरियो । मङ्सिरको थान्कोमन्कोसमेत गरेर आठ कट्ठा जमिनमा चालीस मन धान घरमा थन्क्याइयो । तर, खानेबस्ने बेलामा भीमकला एक्लैले उपभोग गरिरहेकी छ । भीमकला घरबाट हराएको चार महिनापछि अचानक तिनै देउरानी, फुपूकी छोरी र भाइको आडभरोसामा उनले गाउँसमाज भेला पारेर अंश मागिन्, तर गाउँसमाजले उनलाई अंश दिन अहिले नै नमिल्ने बतायो, किनकि उनको चरित्रको कुरा उठ्यो ।
यसै बखतमा पाँचथर स्याबरुम्बाकी सिन्धु निरौलाका पति वीरेन्द्र कटुवालले सधैँ यातना दिने र नयाँ–नयाँ श्रीमती ल्याउँदै अर्कालाई जिम्मा लगाउँदै गर्ने प्रवृत्तिबारे खुलासा भयो । त्यसको सिकार मै अभागीसमेत बन्नुप¥यो । भीमकलाको माइली फुपूको छोरा खगेन्द्र थापाको माध्यमबाट एउटा चिनजानको साथीको पवित्र नातामाथि दोषारोपण गरेर हामीमाथि दाग लगाउने कार्यमा दमकका केही व्यक्तिसमेतको संलग्नता पाइयो । हामीलाई जबर्जस्ती प्रहरी कस्टडीमा कुँज्याउनका लागि भीमकलासमेतको टोलीले चाल चालिरहेको रहेछ । दमक–५ का स्थानीय भद्रभलाद्मीहरूको रोहवरमा माघ ९ गते भीमकलालाई भाइअंश दिलाउने घरायसी कागज गरियो । माघ ११ गते दिउँसो जग्गा पास गराउन भनी सबै दमकको मालपोतमा भेला भएको बेला अंश थोरै भयो पूरा जमिनको आधा भाग चाहिन्छ नत्र नमिल्ने भन्दै फन्किएर हिँडेको विश्वदीप दाहाल र भीमकलाले उनीहरूको साथमा स्याबरुम्बा पाँचथरका हाल दमक बस्दै आएका भीमकलाका भुपाजुका सम्धी हेमन्त थापालगायतको समूह प्रहरीको साथमा एकैचोटि आई मलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखे । त्यसको दुई दिनपछि सिन्धुका श्रीमान्ले सिन्धुलाई पनि ल्याएर प्रहरीसमक्ष बुझाए । यो घटना सम्झिँदा सिन्धुको श्रीमान् वीरेन्द्र कटुवाल र मेरी पत्नी नाता रहेकी भीमकलाको पनि कुनै सम्बन्ध छ कि भन्ने मलाई लाग्यो । त्यसपछि प्रहरीले हामीलाई बहुविवाहको मुद्दा चलाएर अनुसन्धान सुरु ग¥यो । हामीलाई प्रहरीले अत्यन्तै मानसिक यातना दियो । बहुविवाहको मुद्दा अस्वीकार गरे अरू नै मुद्दा चलाउने भन्दै डरत्रास देखाएका थिए प्रहरी अनुसन्धान अधिकारीहरूले ।
महिलाले पुरुषमाथि अत्याचार गरे पनि पुरुष नै अनुसन्धानका लागि प्रहरी कस्टडीमा ल्याइएका पाएँ । बाटोमा गीत गाउँदै हिँडेकाहरूलाई पनि कुनै पनि केटीले किटानी जाहेरी दिएमा प्रहरीले सार्वजनिक मुद्दा चलाएर कम्तीमा २५ दिन प्रहरी कस्टडीमा राखिदिँदो रहेछ । कुनै केटाले कुनै पनि केटीलाई सीधा नजरमा हेरेमा पनि मुद्दा लाग्ने, तर केटीले केटामाथि जे गरे पनि सुनुवाइ नहुने रहेछ । दमक–५ बेलडाँगीको एउटा घटनामा श्रीमतीले श्रीमान्को लिङ्ग लुछ्दा अण्डकोष सुन्निएर घाइते बनेको भेटियो । तर, बेलडाँगी प्रहरी चौकीले उक्त घाइतेलाई हस्पिटल लानुको सट्टा हिरासत दमकमा पठाएको थियो । साह्रै गन्हाएको र उसका कुनै आफन्तले भेट्न नआएकाले थुनुवाहरूले कम्प्लेन गरेपछि उसलाई प्रहरीले दुई दिनसम्म थुनामा राखेर हस्पिटल पठाएको थियो ।
प्रहरी हिरासत भनेको त एउटा सुधार केन्द्रजस्तो हुनुपर्छ, एउटा मन्दिरसरह हुनुपर्छ । त्यहाँ सही–सत्य मात्र बोलिनु या गरिनुपर्छ जस्तो लाग्थ्यो मलाई । त्यहाँबाट फर्किएपछिका थुनुवाहरूले सकारात्मक सोच बोकेर समाजमा जानुपर्छ र समाजमा नयाँ कार्य गर्न सक्नुपर्छ भनी ठान्थेँ म । तर, होइन रहेछ । हिरासतमा भेटेका धेरै बन्दी थुनुवालाई हेर्दा उनीहरूको दिमागमा सकारात्मक सोचभन्दा पनि नकारात्मक सोच जन्माएर हिरासतमुक्त हुँदा रहेछन् भन्ने मैले प्रस्टै अनुभव गरेँ । पहुँच र पैसा हुनेहरू सोसफोर्स गरेर हिरासतमुक्त हुन्छन् । मुद्दा आफ्नो पक्षमा पार्छन्, तर गरिब निरीह असक्तहरू प्रहरीले जे–जे भन्छन्–गर्छन् त्यसैलाई स्वीकार गर्दै सजाय भोग्न बाध्य हुनुपर्छ । थुनुवा तिनीहरू सबै अपराधी हुँदैनन्, तर कानुनी रूपमा उनीहरूलाई अपराधी बनाइँदोरहेछ ।
पागल प्रकाशसँग मेरो लागूऔषधको मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा भेट भएको थियो । उनी पटकपटक गरेर १३ वर्षसम्म हिरासत र कारागार बसेको अनुभव सुनाउँथे । आफूलाई प्रहरीले गरेको अनुसन्धानको व्यवहारले अझै यही यस्तै बाटो हिँडिरहन बाध्य बनाएको गुनासो उनले गरेका थिए । त्यस्तै गरिबीको कारण प्रहरी कस्टडीमा परेको गुनासो थुनुवा भीम भुजेल, सन्जोग लावती, मन्दीप राईलगायतकाले गरेका थिए । कतिपयचाहिँ पुरुषहिंसाका पीडितहरू नै भेटिन्थे । प्रहरी हिरासतमा १२ वर्ष उमेरदेखि माथिकाहरू भेटिए ।
प्रहरीले अनुसन्धानमा लिनेबित्तिकै थुनुवाहरूको स्वास्थ्य परीक्षण गर्ने नियम रहेछ । मलाई पनि प्रहरीले माघ ११ गते राति ९ बजेको समयमा आम्दा अस्पताल दमकमा चेकअपको लागि लगियो । चेकअपमा आफ्नो नाम सोध्ने भन्दा अरू केही काम हुँदैन रहेछ । प्रहरी भ्यानमा पछाडिपट्टिको भागमा राखियो । सुरक्षागार्ड दुईजना खटिएका थिए । एकजनाचाहिँ मादक पदार्थ सेवन गरेका मतुवा गार्ड परेछन् । पदम भुजेल नामका ती गार्डको सास ह्वास्सै गनाइरहेको थियो । थुनुवाहरूमाथि अश्लील शब्दहरू प्रयोग गर्दै पाट्टपिट्ट लगाउँदै थिए उनी । उनको सास सारै नै गन्हाएकाले म अलि अलग्गै बसेँ । प्रहरी कार्यालय फर्किएपछि प्रहरी अनुसन्धान विभागका असइ वीरेन्द्र कोइरालासँग आधा घन्टा जति गफगाफ भयो । उहाँको प्रस्तुति अत्यन्तै सभ्य र शालीन थियो । सेन्ट्रीमा खटिएका प्रहरीमा पनि व्यवहार राम्रो नै थियो । केही प्रहरीको रुखो स्वभाव भए पनि कतिपयको चाहिँ सहयोगी भावना नै पाइयो । कतिपयचाहिँ थुनुवाहरूसँग सापटी पैसा लिने अनि सम्पर्कमा नआउने पनि हुँदारहेछन् ।
थुनुवाहरूलाई थर्ड क्लासको खाना खुवाउने गरिँदोरहेछ । बासी खानामा नयाँ चामल थपेर पुनः पकाई ल्याउने गरिँदोरहेछ । प्रायजसो नपाकेकै खाना खुवाइँदोरहेछ । खानामा कतिपटक त सिसासमेत भेटिएको थियो । थुनुवाहरूलाई बस्दा असहज नहोस् भनेर टीभी हेर्ने व्यवस्था मिलाइएको रहेछ, तर टीभी बिग्रेकाले थुनुवाहरूले नै पैसा जम्मा गरेर टीभी मर्मत गरेका थियौँ ।
धेरै मुद्दा महिला र पुरुषबीचका नै थिए । महिलाले पुरुषमाथि अत्याचार गरे पनि पुरुष नै अनुसन्धानका लागि प्रहरी कस्टडीमा ल्याइएका पाएँ । बाटोमा गीत गाउँदै हिँडेकाहरूलाई पनि कुनै पनि केटीले किटानी जाहेरी दिएमा प्रहरीले सार्वजनिक मुद्दा चलाएर कम्तीमा २५ दिन प्रहरी कस्टडीमा राखिदिँदो रहेछ । कुनै केटाले कुनै पनि केटीलाई सीधा नजरमा हेरेमा पनि मुद्दा लाग्ने, तर केटीले केटामाथि जे गरे पनि सुनुवाइ नहुने रहेछ । दमक–५ बेलडाँगीको एउटा घटनामा श्रीमतीले श्रीमान्को लिङ्ग लुछ्दा अण्डकोष सुन्निएर घाइते बनेको भेटियो । तर, बेलडाँगी प्रहरी चौकीले उक्त घाइतेलाई हस्पिटल लानुको सट्टा हिरासत दमकमा पठाएको थियो । साह्रै गन्हाएको र उसका कुनै आफन्तले भेट्न नआएकाले थुनुवाहरूले कम्प्लेन गरेपछि उसलाई प्रहरीले दुई दिनसम्म थुनामा राखेर हस्पिटल पठाएको थियो । प्रहरीले मुद्दा चलाएपछि घटनास्थलको सर्जमिन मुचुल्का तयार बनाउँदोरहेछ । मुद्दाअनुसार विभिन्न किसिमका कागजात तयार गर्दोरहेछ प्रहरीले । प्रहरीमा यसैबेला बोलवालाहरूको घुसपैठ हुने गर्दोरहेछ ।
बाहिरी दबाब परेन भने र कुनै पनि मुद्दा प्रहरीले सही अनुसन्धान गर्न चाह्यो भने अपराध न्यूनीकरण गर्न नेपाल प्रहरी सक्षम छ, तर बाह्य दबाब दिने–लिने प्रचलन हाम्रोमा ज्यादै नै खराब छ । यही कारण सही अनुसन्धानमा अप्ठ्यारो आइपर्ने, प्रहरी अनुसन्धानमा पनि बोलवालाहरूकै पिठो बिक्ने हुँदोरहेछ । अनि त भुइँमान्छेहरू प्रहरी कस्टडीमा परेर कस्टडीमुक्त भएपछिचाहिँ सुध्रिनुको सट्टा आपराधिक सोच बोकेरै जाँदा रहेछन् । किनकि उनीहरूले प्रहरी कस्टडीमा न्याय भन्ने नै देख्न नपाउने रहेछन् ।
म पनि प्रहरीको कस्टडीमा ३० दिन बिताएर जिल्ला अदालत झापाबाट धरौटीमा छुटेको छु । मुद्दा विचाराधीन अवस्थामा छ । सिन्धु निरौलाले घटनामा साक्षी बसेका, जाहेरीकर्ता र मसमेतलाई विपक्ष बनाई लिखत गाली बेइज्जती फिराद जिल्ला अदालत झापामा दर्ता गराएको अवस्था छ । प्रहरी हिरासत भुइँमान्छेहरूका लागि सुधार केन्द्र र पहुँचवालका लागि कस्टडी नबनुन्जेल देशमा अपराध घट्दैन भन्ने निचोडमा पुगेको छु । यस यथार्थप्रति प्रहरी निकाय नै पहिला सचेत हुन जरुरी छ ।

– राजकुमार खड्का
प्रतिक्रिया