
सयभन्दा धेरैपटक शरीरको प्लास्टिक सर्जरी गराएर चर्चित बनेकी लोकप्रिय मोडल क्रिस्टिना मार्टलीको प्लास्टिक सर्जरीकै क्रममा हालै मृत्यु भएको छ । जम्मा सत्र वर्षकै उमेरमा सयपटक शरीरको प्लास्टिक सर्जरी गराएकी क्रिस्टिना आफ्नो शारीरिक सौन्दर्य प्लास्टिक सर्जरीकै माध्यमबाट बढाउने र आफ्नो शरीरलाई आममानिसको भन्दा नितान्त अलग्गै प्रतीत गराउने चाहना राख्थिन् । यसरी पटक–पटक प्लास्टिक सर्जरी गराउँदा पनि कुनै अफसोस नरहेको अभिव्यक्ति दिँदै आएकी उनको पछिल्लोपटक पुट्ठाको सर्जरी गरिँदै थियो । सो क्रममा हृदयाघात भई उनको देहान्त हुन पुगेको हो ।
प्रतिक्रिया