फिल्म निर्माणबारे चेतनको डरलाग्दो सुझाव

फिल्म निर्माणबारे चेतनको डरलाग्दो सुझाव


chetan 2

गायक तथा सङ्गीतकार चेतन सापकोटाको अर्को परिचय पनि छ, उनी फिल्म निर्माता पनि हुन् । तर, आफँै निर्माता बनेर फिल्म बनाउँदाको उनको अनुभव भने तीतो छ । फिल्म निर्माणमा हात हाल्न चाहने नयाँ व्यक्तिलाई उनी ‘नेपालको अहिलेको फिल्म निर्माण क्यासिनोभन्दा पनि डरलाग्दो भएकाले बुझेर मात्र हात हाल्न’ सुझाव दिने गर्छन् । एक गम्भीर स्क्यान्डलमा फसेपछि त्यसको रापबाट शीतल खोज्दै हालै युरोप यात्रामा निस्केका चेतनले त्यहाँ पनि यस्तो सल्लाह दिन बिर्सिएनन् ।

जनप्रगतिशील मञ्च बेल्जियमको निमन्त्रणामा युरोप पुगेका चेतनले सुरुमा दुई मात्र कार्यक्रमको प्रस्ताव पाएका थिए । तर, दुईवटा सुरुमा दुईवटा कार्यक्रमका लागि बेल्जियम पुगेका सापकोटाको प्रस्तुति त्यहाँ निकै मन पराइयो । प्रस्तुति रुचाइएपछि युरोपका नौवटा देशमा उनले १५ वटा कार्यक्रम गर्नुपरेको थियो । बेल्जियममा पहिलो कार्यक्रममा उनको प्रस्तुति देखेर अन्य ६ वटा कार्यकम थपिएका थिए भने डेनमार्कमा दर्शकको माग बढेपछि उनले दोहो¥याएर प्रस्तुति दिनुपरेको थियो । यसबाट मख्ख परेका चेतन यतिबेला आफ्नो युरोपको साङ्गीतिक भ्रमण निकै सफल भएको अभिव्यक्ति दिन्छन् ।

युरोपको कार्यक्रमबाट उत्साहित भएर आफ्नो सङ्गीतमा दुईवटा एल्बम निकाल्ने घोषणा उनले गरेका छन् । पहिलो एल्बममा बेल्जियमनिवासी चर्चित गायक नारायण धितालको स्वर र अर्जुन भिखारीको शब्द रहने र दोस्रोमा यसु थापाको शब्दमा स्पेननिवासी गायक तुलसी सिवाकोटी, बेल्जियमनिवासी गायक नारायण धिताल, अञ्जु पन्त, शिव परियार, प्रमोद खरेल, कृष्ण काफ्लेलगायतको स्वर रहने बताइएको छ । युरोप भ्रमणकै क्रममा उनले नयाँ गीत ‘मेरो देशमा बुद्ध पठाइदेऊ’को म्युजिक भिडियो बनाउन भ्याएका छन् । उक्त भिडियो चेतनले स्पेन पुग्दा बनाएका हुन् । गंगाराम सापकोटाको छायाङ्कन र सम्पादन रहेको सो गीतको निर्देशन पनि चेतन स्वयम्ले गरेका छन् ।
सोही क्रममा हो उनले आफूसँग मिलेर फिल्म बनाउन चाहनेहरूलाई नेपालको फिल्म निर्माण क्यासिनोभन्दा डरलाग्दो भएको सुझाव दिएको पनि । नेपाली फिल्म उद्योगको चरित्र नबुझी फिल्म निर्माण हात हाल्दा सडकको बास हुन सक्ने भन्दै उनले फिल्मको पारदर्शी बजार व्यवस्थापन (बक्स अफिस) लागू गर्ने पहल भइरहेको र त्यसो भएपछि मात्र आफू फिल्म निर्माणमा लाग्ने जनाएका छन् ।