सनी : पोर्न इन्डस्ट्रीदेखि वलिउडसम्म

सनी : पोर्न इन्डस्ट्रीदेखि वलिउडसम्म


sunny lion

कैयन प्रशंसकले जानकारी नराखेका हुन सक्छन् कि पछिल्लो चार–पाँच वर्षदेखि वलिउडमा सनसनी मच्चाइरहेकी सनी लियोनको वास्तविक नाम करनजितसिंह बोहरा हो । पञ्जावी मूलका बाबु र हिमाञ्चल प्रदेशकी आमाको कोखबाट सन् १९८१ मा क्यानडामा जन्मिएकी सनी आफ्नो सौन्दर्य र अदाको बलमा छत्तीसवर्षे उमेरमा पनि करोडौँको धड्कन बढाउन सक्रिय छिन् । आफू १३ वर्षकै उमेरदेखि ‘बाइसेक्सुअल’ रहेको र १६ लाग्दानलाग्दै कुमारित्व गुमाएको त उनी स्वयम्ले खुलासा गरिसकेकी छिन् । सनीका अनुसार स्कुलमा बास्केटबल खेलाडी रहेका एक युवकसँग उनको पहिलो शारीरिक सम्बन्ध भएको थियो । उनीहरू एक–अर्कालाई मन पराउँथे, तर समयले त्यो जोडी कायम रहन दिएन ।

सुरुमा नर्सिङ पेसालाई करिअर बनाउने उद्देश्य बोकेकी सनी नर्सिङ कोर्सकै दौडान एक साथीको सल्लाह र सहयोगमा मोडलिङतर्फ ढल्किइन् । लेन्स म्यागजिनका एक फोटोग्राफरसँग भेट भएपछि नै हो पोर्न फिल्ममा सनीको जग बसेको । आफ्नै खुसीले पोर्न फिल्म इन्डस्ट्रीमा प्रवेश गरेको हाकाहाकी बताउने सनीले आफ्ना अभिभावकहरूसँग समेत यो लुकाइनन् । सुरुमा उनको यो सोख सुनेर बाबुआमा हतप्रभ बन्न पुगेका थिए ।

उनले १९ वर्षको उमेरमा पहिलो पोर्न फिल्म ‘सनी’मा काम गरेकी थिइन् । तर, सुरुको उक्त सिनेमामा लेस्वियन भूमिकामा रहेकी सनीले पुरुष पात्रको सामना गर्नुपरेन, उनीजस्तै युवतीहरू उनका सहकर्मी थिए ‘सनी’मा । उनले त्यतिबेला आफू पोर्न फिल्ममा युवतीहरूसँग (लेस्वियनको रूपमा) मात्रै भूमिका निर्वाह गर्ने उद्घोष गरे पनि यो वचन धेरै समय टिक्न सकेन । सन् २००७ देखि सनीले आफ्नो उक्त वचन तोडिन् र पुरुष पात्रसँग काम सुरु गरिन् । पुरुषसँग जोडिएर आएको सनीको पहिलो पोर्न फिल्म थियो– सनी लभ मैट । उक्त फिल्ममा उनको पार्टनर रहेका पात्र एरिक्सन थिए जसले सनीलाई बिहे गर्ने भनी स्वयम्बरसमेत गरेका थिए । दुवैले कैयन पोर्न कृतिमा सँगै काम गरे ।

पैँतीस पोर्न फिल्ममा हिरोइन बनेकी सनी स्वयम्ले पच्चीसवटा त्यस्ता फिल्मको निर्देशनसमेत गरेकी छिन् । हालको आफ्ना श्रीमान् ड्यानियल विबरसँग पनि उनले पोर्न फिल्म गरेकी थिइन्, सन् २००९ मा । पोर्न इन्डस्ट्रीमा करिब १० वर्ष गुजारेपछि सन् २०११ मा सनीलाई भारतको एक चर्चित टीभी कार्यक्रम ‘बिग बोस’मा प्रवेश गर्ने अवसर मिल्यो र त्यहीँबाट उनले ‘वलिउड’मा पाइलो हालेकी हुन् ।