ब्लेस्ली नेपाली समाजको वार्षिक भेला

ब्लेस्ली नेपाली समाजको वार्षिक भेला


Londan

यही मे २१ को दिन बेक्स्ली नेपाली समाजको वार्षिक भेला फाल्कोनउड कम्युनिटी सेन्टरमा सम्पन्न भयो । विभिन्न सांस्कृतिक कार्यक्रम, कवितावाचन, बेक्स्ली बरोमा बसाइँ सरेर आउनुहुने २७ परिवार नवआगन्तुकलाई स्वागत र यस बरोबाट यस बर्ष ग्र्याजुयट भएका पाँचजना र ११ पास ३ जना विद्यार्थी लाई सम्मान गरियो । कार्यक्रमको प्रमुखअतिथि मन्त्री जेम्स पिटर ब्रोकनसायरका साथमा काउन्सिलका तर्फबाट डेपुटी मेयर भाल क्लर्क, काउन्सिलर नाइजेल बेट र रक्षा मन्त्रालयअन्तर्गतको कोभेनन्ट फन्डका प्रतिनिधि एलेक्स पेज, मेजर आन्ड्रु चर्च र डार्टफोर्ड नेपाली समाजबाट राजेश पाठकको उपस्थिति रहेको थियो। पाहुनाको स्वागत सल्लह्कार बिजय गुरुङ, रोशन गुरुङ र हरिहर उपाध्यायले गर्नुभएको थियो । कार्यक्रम समाजको अध्यछ केशबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको उद्घाटनमन्त्री जेम्स पिटर, डेपुटी मेयर भाल क्लार्क र सभापति केशबहादुर गुरुङबाट भएको थियो । सो कार्यक्रममा हेल्थ यन्ड सेफ्टीको बारेमा जनक पोखरेलले र तथ्यांक संकलनको बारेमा हरिश ज्ञवालीले प्रकाश पार्नुभएको थियो । फस्ट एड स्वयमसेविकाको रुपमा श्रीमती विमला शर्माले काम गर्नुभएको थियो । केशव रुपखेतीको कवितावाचन, प्रान्सु ढुंगाना, पूर्णबहादुर गुरुङ र सुश्री प्राप्ति ढुंगानाको नाचबाट सुरु भएको कार्यक्रममा श्रीमती सुष्मा ढुंगाना, श्रीमती उमा गुरुङ, शिवराम गुरुङ, सुश्री एलिशा श्रेष्ठ र खस छेत्री समाजका कलाकारहरुले भब्य नाच प्रस्तुत गरेका थियो ।

सो अवसर मन्तब्य प्रकट गर्दै मन्त्रीले नेपालीहरुको यस्तो कार्यक्रममा पहिलोचोटि सहभागी हुन पाउँदा आफुलाई भाग्यमानी ठानेको र नेपालीहरु यसरी संगठित हुँदा आफुलाई खुशी लागेको बताएका थिए । त्यस्तै, डेपुटी मेयर भाल क्लार्क आफ्नो बरोमा नेपाली गोर्खाको समुदाय बिस्तार भएको खुशी प्रकट गरेक थिए । त्यस्तै काउन्सिलर नाइजेल बेटले आफु सहभागी हुन पाउदा खुशी लागेको बताएको थिए । सभापति केशबहादुर गुरुङले पाहुनालगायत सहभागी सबैलाई धन्यबाद प्रदान गर्नुहुँदै यस कार्यक्रमबाट नेपाली नेपालीबीच घनिष्ठता बढ्नुका साथै काउन्सिलसँगको सम्बन्ध र विभिन्न दातृ निकायसँग सम्बन्ध बढेको बताउनुभयो ।

सो अबसरमा संस्थाका महासचिव आनन्द धरेलले कार्यक्रकममा विभिन्न कोणबाट सहयोग पुर्याउनुहुनेहरुलाई धन्यवाद दिएका थिए भने व्यवस्थापिका सांसद बच्चुकैलाश कैनीलाई सहयोग उपलब्ध गराउनेबारे छलफल भएको थियो । कार्यक्रम संस्थाका महासचिव आनन्द धरेल र युवा सदस्य निवेदिता गौतमले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको सञ्चालन शिवराम गुरुङले गरेका थिए ।
तस्बिर : गुणदेव घिमिरे