आर्मी अफिसर्स क्लबमा फैजलको प्रस्तुति

आर्मी अफिसर्स क्लबमा फैजलको प्रस्तुति


17 PR 3

बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय दूतावासको संयुक्त आयोजनामा गत शनिबार र आइतबार नाट्य महोत्सव आयोजना गरियो । लेखक, शिक्षाविद्, सामाजिक कार्यकर्ता, कस्टुम डिजाइनरलगायत अनेक परिचय बनाएका विख्यात भारतीय निर्देशक फैजल अल्काजी एवम् उनको रुचिका नाट्य समूहको प्रस्तुति रहेको महोत्सवमा रविन्द्रनाथ टेगोरको जीवनीमा आधाररित ‘अ क्वीट डिजायर’ नामक नाटक मञ्चन गरिएको थियो । आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजित महोत्सवमा विशेष अतिथिका रूपमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले दुई मित्रदेशबीच जनस्तरमै सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । स्मरणीय छ, २६ वर्षअघि स्थापना भएको बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले विभिन्न कला, साहित्य एवम् संस्कृतिसम्बन्धी कार्यक्रम आयोजना गर्ने, नेपाल र भारतका सर्जकहरूलाई एकाआपस देशमा भ्रमण गराउने जस्ता कार्यक्रमका माध्यमबाट नेपाल र भारतबीच जनस्तरको सम्बन्ध अभिवृद्धि गर्ने कार्य गर्दै आएको छ ।
17 PR 1