
– रामेश्वर राउत मातृदास
झुक्यायौ मलाई छक्यायौ,
मेरा झिटीगुन्टा-भात–भान्सा
गोठ÷खर्क÷भण्डार–भकारी
सर्वस्व एकलौटी सतचूर्ण मुक्यायौ !
।।१।।
मुक्याऊ÷अझै सकेसम्म झुक्याऊ !
यो दन्दनी बलिरहेको लाहाको घरबाट
पुतपुताइरहेको धुवाँको मुस्लोमा
मेरो निर्दोष सहनशीलतालाई भिœयाएर,
छाड्नुविधि अट्टाहास छाड्दैछौ, छाड
तिमीले आफ्नो भयानक रौद्ररूप देखाउँदैछौ, अझै देखाऊ !
।।२।।
सहन्छु भएजति सम्पूर्ण–सहनशीलताका चुलीहरू अग्लिएर
रहे जति एकमुष्ट समुद्रको–गहिराइसम्म होचिएर
र, फैलिएको पूरै आकाश–अनन्तसम्म फैलिएर
उही मङ्गल–महानताको करुण पुकारमा,
चुपचाप÷चुपचाप तपस्यारत रहिरहन्छु म सहिरहन्छु चित्र
धैर्यपूर्ण असीम अग्नि–सहनशीलता छ मभित्र !
।।३।।
यी चन्द्र÷सूर्य झलमलाने
निर्भिक÷निर्दोष आँखाहरू,
बाँसुरीको ध्वनि सुन्न औधी मन पराउने यी कानहरू
हरदम दशै दिशा बारम्बार नमन गर्न उत्सुक छन्
बलिष्ठ मेरा यी दुई पाखुरा,
छातीमाझ पन्छीझैँ नाचेर
शिरदेखि पाउसम्म–
निर्मलगङ्गामा प्रवाहशील भइरहने सग्लो मुुटु
अहो ! खै के भनूँ म कति कति अरू पनि
तिम्रा असीमित अधुरा आकाङ्क्षा पूर्ति गर्न आवश्यक पर्ने
असङ्ख्य अङ्गप्रत्यङ्गहरू अझै मैसँग बाँकी छन् मौजुदा
आऊ, आऊ यी ऽ यो पनि लैजाऊ,
र, मेरा हड्डी पनि बाजा बजाएर नाच्न हुन्छ भने
तिम्रो खुसीको महल सजाऊ र एक्लै रमाउन हुन्छ लैजाऊ !
झुक्यायौ मलाई…
।।४।।
हुन त खासै केही लछारपाटो लागेको छैन
धरती यहीँ छिन्, आकाश जहाँको तहीँ छ
न मैले एक रौँ हारेको छु, न तिम्रो एक पित्को जित भएको छ
उही यो फोस्लाङे फुस्सा हौवामा,
जीवनको बहुमूल्य समय व्यर्थै खोलाको गीत भइरहेको छ
।।५।।
उप्रान्त, कहिल्यै आँसु बगाउँदिनँ
यी अन्यायी काँडाका झाडीभित्र
कठै ! आफैँ विलखबन्दमा बौलाइरहेको यो समयको आयु,
एक्लै आँधीको चरोझैँ हुनहुनाइरहेको छ होस् गुमाएर
सम्झे हुन्छ मेरो अविश्रान्त धैर्यको बाँध,
सधैँ हिंस्रकको सिकार झोक्राइरहने छैन हुति हारेर !
प्रतिक्रिया