दोहो¥याएर दुलही बन्ने रेखाको रहर

दोहो¥याएर दुलही बन्ने रेखाको रहर


नेपाली फिल्मका दर्शकहरू रेखा थापालाई आफ्नो समयकी एक चलेकी हिरोइनको रूपमा चिन्दछन् । तर, रेखा स्वयम्चाहिँ आफूलाई ‘हिरो’को रूपमा चिनाउन रुचाउँछिन् । आजसम्म नेपाली सिनेपर्दामा जो–जति नायिका आए– ती केवल फिल्मका निर्देशक या नायकको ‘कठपुतली’बनेर मात्र छाए, मचाहिँ वास्तविक ‘नायिका’ हुन सफल भएँ भन्ने अहम् रेखाभित्र पन्पिएको छ । उनका बोली–व्यवहारले दर्शाएको कुरा हो यो ।

यसरी आफूलाई ‘हिरो’ ठान्ने रेखासँग छवि ओझा नामक निर्माताले विवाह गरे । रेखाजस्ती सुन्दरीलाई आफ्नी श्रीमतीको रूपमा समाजसामु प्रस्तुत गर्न पाउँदा छवि दङ्ग पर्थे । तर, रेखाले भने छविलाई श्रीमान्को दर्जा सायदै कहिल्यै दिइन् । बरु एउटा कठपुतलीको रूपमा छविलाई खेलाइरहिन् रेखाले । सम्भव भएजसम्म छविको दोहन गरेपछि उनीसँग औपचारिक नाता–सम्बन्ध विच्छेद गरिन् रेखाले । यो घटनासम्म पनि उनले आफूलाई ‘नायक’कै रूपमा प्रस्तुत गरिन् ।

तर, व्यक्तित्वमा यसरी पुरुषत्व भाव प्रकट गर्दै आएकी रेखा थापामा आजभोलि खास परिवर्तन आएको महसुस गरिँदै छ । उनी सायद आफैँले रचना गरेको ‘नायकत्व’सँग वाक्क भएकी छिन् । यसैले हुनुपर्छ ‘दुलही’ बन्ने धोकोले उनलाई सताउँदै छ । हुन पनि रेखाजस्ती सुन्दरीले जतिसुकै कठोरताको ढोँग गरे पनि उनीभित्रको ‘नारी भाव’ यदाकदा कतै न कतै जाग्नु अस्वाभाविक होइन । ढल्कँदो उमेरले पनि रेखालाई सताएको हुन सक्छ– बेलैमा एउटा भरपर्दो जीवनसाथीको व्यवस्था किन नगर्ने ? वास्तविक जीवनमा दोहो¥याएर दुलही बन्ने मुहूर्त कहिले जुर्छ, यकिन गर्न सकिने कुरा भएन । यही कारणले होला पछिल्लो चरणमा रेखाले हरेकजसो फिल्ममा आफूलाई ‘बेहुली’को रूपमा प्रस्तुत गर्दै आएकी छिन् । पछिल्लो चलचित्र ‘रुद्रप्रिया’मा आर्यनकी दुलही, ‘हिरो रिटर्नस्’मा दिलकुमारको दुलही बनेर देखिन लागेकी रेखाले साँच्चै कसैकी बेहुली बन्ने धोकोलाई फिल्ममार्फत पूरा गरेकी होइनन् भनी कसरी दाबी गर्ने ?