बहादुर र इमानदार ती र्सइ -वसन्तराज कुँवर

बहादुर र इमानदार ती र्सइ -वसन्तराज कुँवर


ड्रग्सको समस्या सम्बन्धमा अञ्चल-अञ्चलका जिम्मेवार निकायहरूलाई प्रशिक्षण दिने दौरानमा सगरमाथा अञ्चलबाट जनकपुरतर्फ प्रस्थान गर्ने क्रममा लाहानमा घर भएका एक पूर्व प्रहरी अधिकृतको घर छिर्ने मन भयो । किनकि म पूर्वतर्फ लागेदेखि नै र्फकँदा आफ्नो घरमा एकछिनका लागि छिरिदिन उनले मलाई पटक-पटक अनुरोध गरेका थिए । लाहान पुग्नुअघि बलान खोलाको पुल तरेर पश्चिमतर्फ आउँदा उनलाई कसरी भेटौँ भनी मनमा कुरा खेल्न थाले । किनकि उनले मलाई देखेर आँखाबाट आँसु झार्लान् कि भन्ने मलाई डर थियो ।
करिब १२ वर्ष पहिला पङ्क्तिकार एसपीका रूपमा सप्तरीमा खटिँदा तारकेश्वर यादव नामका ती पूर्व प्रहरी अधिकृत कोसी नदीको किनारमा रहेको भारदह भन्ने चौकीमा अर्सइ पदमा कार्यरत थिए । निरीक्षणको क्रममा भारदह पुग्दा उनले मलाई त्यही गाउँमा पाइने केही फूलहरूलाई धागोमा बाँधेर बनाएको माला पहिर्‍याएर स्वागत गरेका थिए । भर्खर तर्ेइस-चौबीस वर्षका जस्ता देखिने ती अधिकृत ज्यादै हँसिलो स्वभावका थिए । पहिलो नजरमै मलाई ती अधिकृत मन पर्‍यो । उनले चटक्क पारेर प्रहरीको पोसाक लगाएका थिए । मलाई उनले प्रहरीको नियमअनुसार सलामी दिए र चौकीमा भएका अपराधका गतिविधि सुनाउन थाले । प्रायः एसपीसँग बोल्दा उक्त ओहदाका व्यक्तिहरू डराउने गर्दछन्, तर तारकेश्वर निर्भीक देखिन्थे । उनको प्रहरीचौकी बाटोमा केही इँटाहरूले कच्चा तरिकाले बारेको टिनको छाप्रोमा रहेछ । मैले उनलाई त्यसैबेला भनेँ, ‘तारकेश्वर तिमी जनतासँग मद्दत मागेर पक्का चौकी बनाउन सक्छौ -‘ उनले किन्चित पनि बेर नमानी मुसुक्क हाँस्दै ‘सक्छु सर’ भने । मैले फेरि भनेँ, ‘तर तिमीले कसैलाई दुःख दिएर वा खराब काम गरेर यो काम गर्न पाउँदैनौ नि ।’ उनले तत्कालै मुसुक्क हाँस्दै भने, ‘हुन्छ सर ।’
मैले यति के भनेर फर्केको थिएँ तारकेश्वरले मलाई एकहप्ता नहुँदै चौकीको जग पूजा गर्न बोलाए । मलाई त्यो कुरा अचम्म लाग्यो । उनले बोलाएको दिनमा म पुग्दा जग खनिएको रहेछ । त्यहाँ झन्डै दर्ुइ सय स्थानीयवासीको उपस्थिति थियो । जग पूजापछि उनले मलाई त्यही हातामा बनाइएको सानो मञ्चमा बस्न लगाए । त्यहाँ औपचारिक कार्यक्रम सुरु भयो । तारकेश्वरले त्यहाँ स्थानीय भद्रभलाद्मीबाहेक वरपर ६ गाविसका अध्यक्ष पनि बोलाएका रहेछन् । उनको अनुरोधमा ती ६ गाविसले तत्कालै चौकी बनाउन आ-आफ्नोतर्फबाट आर्थिक सहयोग गरेका रहेछन् । मन्तव्य व्यक्त गर्ने क्रममा सबै गाविस अध्यक्षहरूले र्सइ तारकेश्वरको इमानदारिता र बहादुरीको खुब प्रशंसा गरे र उनी असल प्रहरी अधिकृत भएकै कारणले उनको एकै वचनमा आफूहरू आर्थिक मद्दत गर्न तयार भएको कुरा बताए । जसरी सबै स्थानीयवासीले तारकेश्वरको प्रशंसा गरे त्यसले मलाई पनि हाकिम भएको नाताले गौरवान्वित तुल्यायो । त्यो दिनपछि ती अधिकृत आफैं माटो खन्ने, बोक्नेलगायत भवन निर्माणका लागि सम्पूर्ण रूपमा समर्पित भए । म त्यस बाटोबाट हिँड्दा उनी हरेक समय त्यही घर निर्माणमा जोडिएको पाउँथेँ । उनले त्यो चौकी होइन आफ्नै घर ठानेर काम गरेझैं देखिन्थ्यो । केही महिनाभित्रै त्यो घर निर्माण पूरा भयो र कच्चा छाप्रोबाट सबै प्रहरी ‘प्रहरीचौकी भारदह’ लेखिएको नयाँ पक्की घरमा सरे ।
त्यसपछि मैले तारकेश्वरलाई चुनौतीपूर्ण कामहरू दिन थालेँ । चाहे हतियारधारी डाँकाहरूलाई नियन्त्रण गर्ने काममा होस् वा भागेर विदेश छिरेका अपराधीहरूलाई पक्रने काममा, तारकेश्वरले सधैं राम्रो नतिजा ल्याउँथे । उनको कार्यक्षमतामाथि कुनै गाउँलेलाई शङ्का हुँदैनथ्यो । तारकेश्वर उदाहरणीय प्रहरीमा पर्दथे । उनले गरेका बहादुरी र इमानदारीपूर्ण कामहरू प्रशस्तै थिए ।
एक घटनामा राजनीतिक दबाबअनुरूप काम गर्न तयार नहुँदा मलाई रातारात सप्तरीबाट सरुवा गरियो । राति नै विराटनगरतर्फ जानलाग्दा उनले कोसी किनारमा मलाई भेटे । उनको आँखामा आँसु थियो । आँखाभरि टिलपिल-टिलपिल आँसु पारे पनि एक फूलको थुङ्गा बोकेर कोसी नदीको पुलमा त्यो रात उनी मलाई बिदा गर्न आएका थिए । मैले उनलाई धाप मारेँ र छुटि्टएँ । उनी घुँक्क गरेर रोए ।
त्यसपछि धेरै वर्ष उनीसँग मेरो प्रत्यक्ष भेट भएन । केही वर्षपछि एक रात उनकी श्रीमतीले मध्यरातमा मलाई काठमाडौंमा फोन गरी रुँदै तारकेश्वर रुकुममा हो वा रोल्पामा माओवादीद्वारा अपहरणमा परेको खबर सुनाउनुभयो । त्यस समय म पनि उनलाई छुटाउन प्रत्यक्ष रूपले सहयोग गर्न सक्ने स्थितिमा थिइनँ । म हरेक दिन त्यो परिवारलाई सान्त्वना दिन थालेँ । तारकेश्वरको अनुहार सम्झेर मलाई पनि कैयौँ रात न्रि्रा परेन । उनी काम गरेको स्थानमा थुपै्र प्रहरीले जीवन गुमाएछन् तर भगवान्को कृपाले उनको भने जीवन सकुशल रहेछ । तर्राईमा जन्मेका ती अधिकृत रोल्पा, रुकुमजस्तो भिन्न जमिनमा काम गर्न जानु त्यसै पनि कठिन थियो, त्यसमाथि त्यो पहाडमा अपहरणमा परी अज्ञात स्थलतर्फ लगिँदा उनको हालत कस्तो भयो होला सहजै अनुमान गर्न सकिन्छ । त्यो भयानक अपहरणपछि पनि जिउँदो बचेका तारकेश्वरलाई त्यो घटनापछि फेरि सप्तरीमा सरुवा गरिएछ । उनी फेरि सप्तरीको नगर प्रहरीमा काम गर्न थालेछन् । उनको जीवन बाँचेकामा स्थानीय व्यक्तिहरू खुबै खुसी भए रे । अनगिन्ती बहादुरी र इमानदारीका सत्यकथा बोकेका तारकेश्वर रोल्पा-रुकुमको अपहरणपछि र्फकंदा लाहानमा रहेका श्रीमती र साना बच्चाहरू निकैबेर उनीसँग टाँसिएर रोएको वरिपरिका सबैले देखेका थिए । तारकेश्वर सबै तर्राईवासीहरूका लागि चर्चाका विषय बनिरहे । पुराना घटना-दुर्घटना बिर्सर्ेेफेरि उनी काममा लागेछन् तर त्यतिबेला उनको क्षेत्रको तत्कालीन डीआईजीले उनलाई नगद -५० हजार) उर्ठाई पठाउन दबाब दिएछन् । कालको मुखबाट बाँचेर स्थानीयवासीको विश्वास जितेर काम गर्ने तारकेश्वरले डीआईजीको त्यो अपेक्षा पूरा गर्न नसकेपछि ती डीआईजीले उनलाई हरतरहका मानसिक यातना दिन थालेछन् । अन्तमा सजायस्वरूप तारकेश्वरलाई सोलुखुम्बुको विकट स्थानमा सरुवा गरिएछ । तारकेश्वरलाई आफूमाथि गरिएको यो अन्याय चित्त बुझेनछ र उनले डीआईजीसमक्ष अन्याय परेको बताएछन् । तर, पैसाको भोका ती डीआईजीको मन पग्लेनछ । स्वाभिमानी तारकेश्वरले त्यसैबखत सोलुखुम्बुबाटै राजीनामा दिएछन् । राजीनामा दिँदा उनको उमेर मात्र ३२ वर्षको रहेछ ।
आज कलिलै उमेरमा राजीनामा दिने तिनै तारकेश्वरलाई म लाहानमा भेट्दै थिएँ । लाहानचोकमा उनले मेरो गाडी रोके । फेरि एउटा फूल दिए । भर्खरै उमेरका तारकेश्वर अहिले हार्डवेयरको पसल थापेर बसेका रहेछन् । उनले मलाई घरमा लगे । उनकी श्रीमतीले मलाई नमस्कार गर्नुभयो । श्रीमतीको आँखाले अहिले पनि आफ्ना श्रीमान्प्रति भएको अन्यायको कारण खोजेझैं देखिन्थ्यो । स-साना दर्ुइ छोराले पनि आफ्ना बाबुलाई परिबन्दमा पारी डीआईजीले जागिर खाएको घटनाको जवाफ खोजिरहेझैं लाग्थ्यो । त्यस दिन तारकेश्वरले आँखाभरि आँसु पार्दै डीआईजीद्वारा त्यसबखत आफूमाथि गरिएको अन्यायका कथा सुनाए । उनले मलाई ती सत्यकथा सुनाइरहँदा नजिकै बसेका उनका श्रीमती र दर्ुइ छोरामा आक्रोश तथा दुःख देखिन्थ्यो । मलाई लाग्यो उनका छोराहरू आफ्नो बाबुमाथि गरिएको अन्यायबाट क्षुब्ध छन् । तारकेश्वरका दुःखका कथा सुनेर उठ्ने बेलामा मैले उनका स-साना दर्ुइ छोरालाई टाउकोमा हात राख्दै भने, ‘तिमीहरूका बुबा बहादुर र इमानदार प्रहरी थिए ।’ त्यतिबेला दुवै छोराले गौरवसाथ आफ्ना बुबालाई हेरे । यति भनी म जनकपुरतर्फ लागेँ । तारकेश्वर मलाई बाटोसम्म बिदा गर्न आए ।
जनकपुरतर्फ र्फकंदा गाडीको गतिसँगै मैले सोचेँ, आज तर्राईमा आपराधिक तत्त्वहरूले जनजीवन अस्तव्यस्त बनाएका छन् तर यस्तो स्थितिमा राष्ट्रलाई योगदान दिन सक्ने तारकेश्वरजस्ता अधिकृतहरूलाई अवैध रूपमा रकम उठाएर नबुझाएकै भरमा अन्यायपूर्वक हाकिम भन्नेहरूले कलिलै उमेरमा अवकाश गराएर हार्डवेयरको पसल थापेर बस्न बाध्य तुल्याउँछन् । मलाई यो अवस्था देखेर साह्रै चित्त दुख्यो । एउटा प्रहरी कर्मचारी कति वर्षसम्म कठोर तालिमहरू गर्छ र आफूलाई कति धेरै जोखिममा राखेर काम गर्ने गर्छ, तर आजका नेताहरू र स्वयम् हाकिम भएकाहरूलाई समेत उसको त्याग, परिश्रम र योगदानको कुनै मूल्य हुँदैन । उनीहरूका लागि केवल व्यक्तिगत स्वार्थ, पैसा र शक्ति नै राज्यभन्दा महत्त्वपूर्ण हुन पुग्छ । तिनका आपराधिक सोचका कारण तारकेश्वरजस्ता इमानदार र बहादुर कर्मचारीहरूले ३२ वर्षकै उमेरमा अन्यायपूर्वक अवकाश लिनुपर्छ ।
मलाई लाग्छ तारकेश्वरको कथा केवल उनको व्यक्तिगत कथा मात्र नभई नेपालमा तल्ला कर्मचारीमाथि नेता र आपराधिक सोचका हाकिमहरूले कसरी शोषण गर्छन् भन्ने एक ज्वलन्त उदाहरण पनि हो । पङ्क्तिकार चाहन्छ कि तारकेश्वरको सत्यकथा नेपालको प्रशासन सिकाउने पुस्तकमा समावेश गरियोस् र जुन डीआईजीले उनलाई पैसा नपाएकै भरमा जागिर छोड्न विवश बनाए तिनको आपराधिक कार्य पनि त्यस पुस्तकमा हरेक प्रशासनका विद्यार्थीले पढ्न पाउने गरी लेखियोस् । यसले नेपालको प्रशासनयन्त्रलाई सुधार गर्ने क्रममा ज्यादै महत्त्व राख्दछ । यो घटना सम्बन्धमा थप जानकारी चाहने व्यक्तिले कुनैबेलाका ती बहादुर र इमानदार प्रहरी अधिकृत तारकेश्वर यादवसँग लाहानमा भेट गर्न सक्छन् वा उनको सेलफोन ९७४३०४६३३३ मा सर्म्पर्क गरी सहानुभूति प्रदान गर्न सक्छन् । जिउँदो साक्षी भएको आधारमा पङ्क्तिकारचाहिँ किञ्चित पनि धक नमानी भन्नसक्छ कि ती डीआईजीभन्दा तारकेश्वर बहादुर र इमानदार मात्र नभई कता हो कता उच्चकोटिका र राष्ट्रका लागि अपरिहार्य नागरिक हुन् ।