देशको अवस्था र राष्ट्रपतिको दायित्व -डा. डिल्ली ओली

देशको अवस्था र राष्ट्रपतिको दायित्व -डा. डिल्ली ओली


यदा यदा ही धर्मस्य ग्लार्नीभवती भारत
अम्युत्थामन् धर्मस्य तदात्मानम् श्रृजम्यहम
यी गीताका चर्चित वाक्यांश हुन् । यसको पृष्ठभूमि बेग्लै छ । महाभारतकालीन श्रीकृष्णको यो भनाइ नेपालमा पाँच हजार वर्षपछि पनि सान्दर्भिक देखिन्छ ।
सबैले भनेजस्तै देश अहिले भयावह अवस्थामा छ । संविधान बनाउन भनी आएका र ल्याइएका ६०१ को भेडीगोठले अहिलेसम्म सिन्को पनि भाँच्न सकेको छैन । संविधानसभाको नाममा भएको खर्चको अङ्क हेर्दा ज्रि्रो टोक्नुपर्ने स्थिति छ । संविधानको मुख्य विषय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कार्यक्षेत्र अथवा शासकीय स्वरूप हो । यहाँ जातीय राज्य, अग्राधिकार, स्वशासन, आत्मनिर्णयको अधिकार, स्वायत्तता, सिष्टमको मोडेल आदि विषयहरू पनि सशक्त पनि सशक्त रूपमा उठिरहेका छन् । प्रधानमन्त्रीको निर्वाचन गाईजात्रा भइरहेको छ । सबै नेताजीहरू उत्तर-दक्षिणको मुख ताकेर बसेका छन् । त्यहीअनुसार तराजु तलमाथि गर्दै छन् । देशी-विदेशीको खेलमैदान भइरहेको छ । नेताजीहरूलाई थाहा छैन- पछि यिनको अवस्था वाजित अलि शाहको जस्तो हुन्छ भनेर । त्यस्तैगरी प्रशासन भताभुङ्ग अवस्थामा छ । यस मुलुकमा ठूला र शक्तिशालीलाई ऐन, नियम, कानुनले छुँदैन । मूल्य, मान्यता, सिस्टम समाप्त भइसक्यो । एनजीओ, आईएनजीओले भित्रभित्रै देशलाई ध्वस्त पारिसके । नेताजीहरू त्यसैको प्रतिशतमा रमाएर देश र जनतामाथि जोरलात्ती बजार्दै छन् । नेताजीहरूले उपयोग गर्ने सुविधा सुन्दा अत्यास लाग्छ । नेपालको ज्ञान, योग्यता, क्षमता, सीप, कौशल धन विदेशिने क्रम बढ्दो छ । सानोतिनो जागिर नपाएर, उपचारले ऋणमा डुबेर, परिवार पाल्न नसकेर नेपाली आत्महत्या गर्दै छन् । गरिब, दलित, आदिवासी, जनजाति, दर्ुगमको नाममा तिनका अगुवाहरूले मोजमस्ती र मनोमानी गरिरहेका छन् । यसरी देश अहिले तहसनहस र अस्तव्यस्त अवस्थामा छ । नेताजीहरू रोमको निरो भएका छन् ।
सायद संविधान अहिलेको बनोटबाट बन्दैन । संविधान त संविधानविज्ञ, कानुनविद्, संवैधानिक कानुन पढेका-बुझेकाहरूले बनाउने हो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गएर हाजिरी जनाएर टाप कस्ने व्याइते र ल्याइतेहरू त सुविधाग्रहण गर्न, एनजीओ, आईएनजीओमा मात्र लिप्त छन् । २०६३ देखि आजसम्म देखिराखिएकै छ, यी नेताजीहरू जागिरे प्रवृत्तिबाट माथि उठ्न सकेनन्, यहाँ सबैका शासन हेरिए । आफू पदमा जाने, आफ्नो परिवार, नातागोता, अरौटे-भरौटे र अलि पर गएर आफ्नो पार्टीमा मात्र सीमित रहने संस्कृतिको विकास भएको यस्तो अवस्था आउनुमा दूरदृष्टि, योग्यता, क्षमता, चिन्तनको अभावको कारण पनि हुन सक्दछ । पतञ्जलीले योगसूत्रमा भनेका छन्- यमम् दुःखम् अनागतम् । यही अवस्था रहिरह्यो भने हाम्रो मुलुकको भविष्य पनि वर्तमानभन्दा अझ खतरनाक मोडमा जान सक्छ । त्यसैले अब विकल्प खोज्नुपर्ने समय आइसकेको छ । अहिलेसम्म विवादमा नमुछिएका आदिवासी, इमानदार, प्रजातन्त्रप्रति प्रतिबद्ध, अहिर -महिषपाल) जसका पर्ुखा इशापर्वदेखि नै यो मुलुकमा छन् राष्ट्रपति डा. रामवरण यादवलाई मुलुकले खोजिरहेका भान हुन्छ । उनले देशलाई बुझेका छन्, नेपाललाई चिनेका छन्, उनी प्रजातन्त्रमै हर्ुर्के-बढेका हुन्, कतै कार्यगत एकता पनि गरेका होइनन्, राजाका नजिक पनि पुगेनन्, बिन्तीपत्र चढाएनन्, दूतावासको कोटामा पनि पर्दैनन्, कतैका तलबी, सुविधाभोगी एजेन्ट पनि होइनन् । उनको एउटै मन्त्र छ- हिमाल, पहाड, तर्राई एउटै हो । त्यही मात्र नेपाल हो । धोती उचाली-उचाली मधेस मात्र भन्ने नवआप्रवासीका उनी घोर विरोधी हुन् । रुघाखोकीको वहानामा विदेशमा गएर उपचार गर्ने नेताजीहरूलाई स्वयम् मेडिकल साइन्सका डाक्टर रामवरणले नेपालमै उपचार गरेर चुनौती मात्र होइन उनीहरूको मनोदशा देखाइदिन्छन् । उनले विगतमा पदका लागि कहिल्यै मरिहत्ते गरेनन् । राष्ट्रपति पद त बाध्यतावश, अरू मै हुँ भन्ने नेताजीहरूको केही जोर नचलेर आइलागेको थियो । त्यसैले देशको यस्तो दुर्दशा हुँदासम्म पनि राष्ट्रपतिले भृकुटी खुम्च्याएर, तलबसुविधामा रमाएर, सम्मान थापेर मात्र बस्ने स्थिति सायद अब छैन । अप्ठ्यारो पर्‍यो भने जेठाजू-बुहारी पनि छोइनुपर्छ । यसकारण अब राष्ट्रपति डाक्टर रामवरण यादवले गाण्डिव धनुष चलाउने समय भइसकेको छ । अब ढिलो भएमा महाभारत युद्धले सायद अर्कै मोड लिनेछ ।