विचित्रको मान्छे

विचित्रको मान्छे


विचित्रको संसारमा विचित्रको मान्छे जन्मिनु स्वाभाविकै हो । स्वतन्त्रता चरमोत्कर्षमा पुगेको अवस्थामा जोकोहीले त्यसको प्रचुर फाइदा उठाइरहेका छन्, यसमा पनि नाङ्गै संसार देख्ने र नाङ्गै संसार छोड्ने सत्यतालाई आत्मासात् गर्दै चर्चित सुपर मोडेल हेदी क्लमले नाङ्गै संसारमा जिउने निर्णय गरेकी छिन् । क्लमले आफूलाई निर्वस्त्र रहनुमा कुनै आपत्ति नभएको बताउँदै उल्टै आनन्द आउने जनाएकी छिन् । निर्वस्त्र रहँदा निकै आराम महसुस हुने क्लमको धारणा छ । आफ्नो इच्छाशक्तिमा अटल क्लमले आफूलाई बुबाआमाको अगाडि पनि निर्वस्त्र भएर हिँड्न कुनै आपत्ति नहुने बताएकी छिन् । क्लमले यो कुरालाई स्पष्ट पार्दै आफूलाई बुबाआमाले नै निर्वस्त्र हुँदा लाज मान्नुपर्ने कुरा केही नभएको सिकाएको बताएकी छिन् । चार सन्तानकी आमा अर्थात् सुपर मोडेल हेदी क्लमले विश्वचर्चित पोसाक निर्माण गर्ने कम्पनी भिक्टोरियाज सिक्रेट’को मोडलिङ गर्ने क्रममा उक्त कुरा बताएकी थिइन् । यसरी अरूलाई लुगा लगाउन अभिप्रेरित गर्दै मोडलिङ गर्ने क्लमले आफू निर्वस्त्र रहने निर्णय किन गरेकी हुन् त्यो बुझिनसक्नु भएको छ ।

स्तनक्यान्सर हुनेलाई खुसीको खबर

स्तनक्यान्सरले पीडित महिलाका लागि हालै वैज्ञानिकहरूले खुसीको खबर ल्याएका छन् । प्राणघातक स्तनक्यान्सरको उपचारलाई सम्भव बनाउन वैज्ञानिकहरूले एक रक्त-परीक्षणको विकास गरेका छन् । एक्स-रे-मेमोग्राफ र पद्धतिबाट गरिने सामान्य स्तन परीक्षणमा जब ट्युमर तीनदेखि चार गुणा ठूलो देखिन्छ त्यसपछि ट्युमर पत्ता लगाउन सकिन्छ । वैज्ञानिकहरूका अनुसार यो पद्धतिको विकासले तोरीको दानाजत्रो ट्युमरको समेत पत्ता लगाउन सकिन्छ । यो पद्धतिको विकास भएपछि स्तनक्यान्सरको उपचारको क्रममा ७५ प्रतिशत सफलता हासिल भएको बुझिएको छ । बेलायतका क्यान्सरविशेषज्ञ डा. जेम्स मेकले पारिवारिक डाक्टर राख्ने बिरामीका लागि उक्त प्रशिक्षण उपयोगी सावित हुने बताएका छन् । उनले यो परीक्षण युवतीहरूलाई उपयोगी हुने बताउँदै यसले रक्तक्यान्सर विकसित हुने खतराबाट बचाउने बताएका छन् । उक्त क्यान्सर विकसित हुने खतरामा रहेका युवतीहरूलाई निकै लाभदायक मानिएको यो परीक्षणको विकास नर्वेका वैज्ञानिकहरूले गरेका हुन् ।