देशको परिस्थिति, जनताको मनस्थिति र पार्टीहरूको स्थिति बुझ्न ‘ढिलाइ गर्ने’हरूको दृष्टिमा नेकपा एमालेले स्थानीय निर्वाचनमा प्राप्त गरेको सफलता ‘आश्चर्यजनक’ भए पनि विभिन्न ६ कारणले एमालेको विजय सुनिश्चित भएको पाइएको छ । स्थानीय निर्वाचनमा काङ्गे्रस–माओवादी गठबन्धन नभई सबै दलबीच स्वतन्त्र प्रतिस्पर्धा भएको भए परिणाम हाल प्राप्तभन्दा भिन्न हुने र, त्यस्तो अवस्थामा माओवादीलाई धक्का पुग्न सक्थ्यो भन्ने विश्लेषकहरूको मत छ । निर्वाचन परिणामले सबभन्दा ठूलो क्षति काङ्गे्रसलाई पु¥याएको भए पनि प्रतिकूल स्थितिमा उक्त पार्टीले हासिल गरेको विजयलाई आफैँमा उत्साहबर्धक मानिएको छ । राजदूत नियुक्ति प्रकरण, आईजीपी नियुक्ति र न्यायालयसम्बन्धी विषयमा काङ्गे्रस नेतृत्व विवादमा परेको, माओवादीसँग चुनावी गठबन्धनका कारण कार्यकर्ताहरूमा अन्योल र निराशा पैदा भएको, कमजोर चुनावी रणनीति र दुर्बल सङ्गठन तथा रुग्ण आर्थिक स्थितिका बीच निर्वाचनमा जाँदा पनि काङ्गे्रसले आफ्नो प्रभाव जसरी दर्शाएको छ, यसैलाई ठूलो उपलब्धि ठान्न सकिने धारणा पनि धेरैको छ । जे होस्, स्थानीय निर्वाचनमा हालसम्म एमालेले प्राप्त गरेको उपलब्धिले उसलाई देशको सबैभन्दा ठूलो दलको दर्जा मिल्ने सम्भावना बढाएको छ । एमालेले निर्वाचनमा सफलता हासिल गर्नुका प्रमुख ६ वटा कारण देखिएका छन् ।
१) राष्ट्रियताको मुद्दा : नेपालमा क्रियाशील राजनीतिक दलहरूमध्ये को, कति र किन राष्ट्रवादी हो भन्ने विषयमा अध्ययन–अनुसन्धान नभएको हुँदा कसैलाई राष्ट्रवादी या राष्ट्रघाती ठहर गर्न मिल्ने प्रामाणिक आधार तयार भइसकेको छैन । राष्ट्रवादको परिभाषासमेत समयानुकूल बदलिँदै जाने र राष्ट्रियता दलविशेषको राजनीतिक एजेण्डा बन्नुलाई उपयुक्त नमानिने भएकोले पनि राष्ट्रवाद या राष्ट्रियताको विषय चुनावसँग नजोडिनुपर्ने हो । तर, यो निर्वाचनमा एमालेको सफलताको मुख्य आधार राष्ट्रियताकै मुद्दा बन्यो । नेपालमा पञ्चायतीकालदेखि नै भारत विरोधलाई राष्ट्रवादको आधार मान्ने प्रवृत्ति व्याप्त छ । केपी ओली एमालेको अध्यक्ष भएपछि नेपाली राजनीतिमा एमालेलाई भारतविरोधी दलको रूपमा बुझ्न थालिएको छ । नाकाबन्दीको समयमा ओलीले लिएको ‘अडान’ र प्रदेश विभाजन तथा संविधान संशोधनको विषयमा प्रस्तुत धारणाका कारण एमालेलाई ‘राष्ट्रवादी’ पार्टी ठान्नेहरूको सङ््ख्या जनस्तरमा ह्वात्तै बढेको छ । तराईमा एमालेप्रतिको आकर्षण कायम रहेको, खासगरी थारूलगायतका आदिवासी समुदाय तथा तराईका पुराना मूल बासिन्दाहरूमा एमालेप्रति सकारात्मक धारणा बन्दै गरेको र पहाडी तथा हिमाली क्षेत्रमा पनि पछिल्लो डेढ वर्षभित्र एमालेलाई ‘राष्ट्रवादी’ ठान्नेहरूको सङ्ख्या बढेकोले यसपटक एमालेको पक्षमा मतदान हुने अनुमान पहिल्यै गरिएको हो । काङ्गे्रस र माओवादीभन्दा एमाले राष्ट्र र राष्ट्रियताप्रति संवेदनशील एवम् प्रतिबद्ध छ भन्ने सन्देश प्रवाहित भएकोले त्यसको लाभ एमालेलाई पुगेको देखिन्छ । एमाले आफैँमा राष्ट्रवादी भए÷नभएको पुष्टि हुन बाँकी नै भए पनि देशमा एमालेलाई तुलनात्मक रूपमा राष्ट्रवादी शक्तिका रूपमा हेर्न थालिएको छ र यही स्थिति कायम रहे आगामी निर्वाचनहरूमा पनि यसको प्रभाव रहने देखिएको छ ।
(२) उम्मेदवार चयनमा विशेष सतर्कता : नेकपा एमालेले वडा सदस्यदेखि गाउँ र नगरपालिकाको उम्मेदवार चयनमा विशेष ध्यान पु¥याएको थियो । जनतामा लोकप्रिय र जित्ने सम्भावना बढी भएको व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई एमालेले प्राथमिकतामा राख्यो । पार्टीमा निरन्तरता, प्रतिबद्धता, योग्यता, चरित्र र क्षमता भएकालाई महत्व दिँदादिँदै पनि बढी मत हासिल गर्न सक्ने सम्भावना भएका व्यक्तिलाई उम्मेदवार चयन गर्ने कार्यनीति एमालेले बनाएको थियो । सम्भावित उम्मेदवारको प्रभाव र स्थानीय स्थितिलाई विश्लेषण गरेर मात्र उम्मेदवार चयन गर्ने विधि अवलम्बन गरिएकोले एमालेलाई चुनाव जित्न सहज भएको देखिन्छ । कतिपय स्थान जहाँ पार्टीले तय गरेको क्राइटेरियाभन्दा बाहिर गएर उम्मेदवार चयन गरियो, त्यहाँ एमालेले क्षति व्यहोर्नुपरेको पाइएको छ ।
३) पार्टीमा एकता : हरेक दलहरूभित्र गुट–उपगुटको राजनीति व्याप्त रहेको सन्दर्भमा नेकपा एमाले पनि यसबाट मुक्त छ भन्ने होइन । तर, पार्टी नेतृत्वमा यस्तो अनुशासन देखियो कि त्यहाँ कुनै फुट, गुट, मतभिन्नता र वादविवाद भएको महसुस मतदाताहरूले गरेनन् । एकता नभए पनि नेतृत्वमा देखिएको ‘एकता’ले चुनावमा सकारात्मक प्रभाव ग¥यो र पार्टीमा एकताको स्थिति देखिँदा हुने लाभ एमालेलाई यो निर्वाचनमा प्राप्त भएको हो ।
४) चुनावी रणनीति : निर्वाचनको मुखमा विपक्षी दलहरूलाई रक्षात्मक अवस्थामा पु¥याउन एमालेले आईजीपी नियुक्ति, महाभियोग र राजदूत नियुक्ति प्रकरणलाई अस्त्र बनायो । र, यिनै मुद्दाहरूका कारण काङ्गे्रस र माओवादी चुनावको मुखमा अलोकप्रिय हुन पुगेका थिए । चुनाव प्रचार र जनसम्पर्क कार्यनीति कुशलतापूर्वक अघि बढाएको एमालेले मतदाताहरूलाई प्रभावित गर्न अनेकौँ हथकण्डा अपनाएको थियो । विपक्षी दलहरूभित्र स्थानीय तहमा फाटो पैदा गराउने, विपक्षीका मतदाताहरूलाई समेत आफ्नो पक्षमा आकर्षित गर्ने र नगदको उच्चतम सदुपयोग गर्ने एमालेले यसपटक पनि ‘वृद्धभत्ता’को सन्दर्भलाई नबिराईकन स्मरण गराइरह्यो । कतिपय स्थानमा त उनीहरूले काङ्गे्रस या अरू दलले चुनाव जितेमा वृद्धभत्ता रोकिनेछ भनी प्रचार गरेको पनि पाइयो । जे होस्, एमालेले ‘वृद्धभत्ता’लाई चुनावी अभियानमा धेरै राम्रोसँग ‘उपयोग’ ग¥यो र उसले बनाएको चुनावी रणनीति अत्यन्त प्रभावकारी बनेको देखियो, परिणामले पनि एमालेको चुनाव नीति सफल रहेको पुष्टि गरेको छ ।
५) नेतृत्वप्रतिको विशिष्ट आकर्षण : प्रमुख राजनीतिक दलका मुख्य नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डका आ–आफ्नै ‘ब्युटी’ अर्थात आकर्षण छन् । र, तीनैजना नेताका फरक शैली र प्रभाव पनि छन् । केपी ओलीको वाकपटुताले धेरैलाई कुनै न कुनै रूपले प्रभावित गर्ने गरेको छ र, पछिल्लो दुई वर्षयता ओलीप्रतिको आकर्षण अलिक बढी नै देखिएको छ । माओवादी अध्यक्ष प्रचण्ड बोलीकै कारण बेलाबखत विवादमा पर्ने गरेको र बोलीको ठेगान नभएको नेताको रूपमा उनको छवि बनेको, उता काङ्गे्रस सभापति शेरबहादुर देउवाको व्यक्तित्व पनि जनसाधारण र युवा पुस्तालाई आकर्षित गर्ने प्रकारको नभएको स्थितिमा केपी ओली ‘आकर्षक व्यक्तित्व’ बन्न सफल भएका हुन् । उनको सोच, शैली र अभिव्यक्तिले मतदातालाई वास्तवमै आकर्षण गरेको थियो ।
६) काङ्ग्रेसको कमजोरी : नेपाली काङ्गे्रसको कमजोर सङ्गठन र अस्पष्ट चुनाव नीति तथा उम्मेदवार चयनमा भएको हेलचेक्य्राइँको लाभ पनि एमालेले उठाएको छ । काङ्ग्रेसले माओवादीसँग चुनावी गठबन्धन गरेपछि काङ्गे्रससमर्थक मतदाता जो माओवादीप्रति वितृष्णाभाव राख्दथे, तिनले या त आफूलाई निष्क्रिय राखे या एमालेलाई मतदान गरे । पार्टी नेतृत्वबाट नै माओवादीलाई मतदान गर्न आह्वान भएपछि काङ्गे्रसका मतदाता विचलित भएका थिए र त्यसबाट लाभ उठाउन एमाले सफल भएको थियो ।
उल्लिखित ६ वटा मुख्य कारणले नेकपा एमालेलाई सर्वाधिक बलवान पार्टीको हैसियतमा पु¥याइदिएको छ । तेस्रो चरणमा गर्ने भनिएको (असोज ३ गते) निर्वाचनमा पनि एमालेले देशव्यापी रूपमा हासिल गरेको परिणामको प्रभाव पर्ने देखिन्छ । दुई नम्बर प्रदेशकेन्द्रित भएर उसले जसरी आफूलाई सक्रिय बनाउन खोजेको छ, यसले काङ्गे्रस र मधेसकेन्द्रित समूहहरूलाई ‘चित् पार्ने’ उपलब्धि हासिल ग¥यो भने आश्चर्य मान्नुपर्ने हुँदैन ।
प्रतिक्रिया