भारतबाट नेपालतर्फ हुने प्रतिबन्धित लागुऔषधको तस्करीमा संलग्न गिरोहका तीन सदस्यलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । लागुऔषध कारोबार गर्ने गिरोहमा संलग्न एक भारतीयसहित तीन जनालाई पर्सा प्रहरीले सार्वजनिक गरेको हो । उक्त अभियोगमा पक्राउ परेका भारत रक्सौल निवासी मुकेशकुमार साह, वीरगञ्ज नगरवासी नरबहादुर केसी र उनकी श्रीमती माया केसीलाई सार्वजनिक गरिएको हो ।
अभियुक्तहरु बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सूर्यप्रसाद उपाध्यायले पक्राउ परेका तीनैजना अभियुक्त रक्सौलबाट खरिद गरिएको प्रतिबन्धित लागुऔषध टिटिजेसिक रात्रि बसबाट काठमाडौं पु¥याउने धन्दामा संलग्न रहँदैआएको अनुसन्धानबाट खुलेको बताउनुभयो । त्यस्ता लागुऔषध भारतीय नागरिक मुकेशले वीरगञ्ज नाकासम्म पु¥याउने र नाकाबाट मायाले रात्रि बसका चालकहरुको सहयोगमा काठमाडौंसम्म पु¥याउने गरेको बताइएको छ । भारतीय नागरिक मुकेश यही असार २२ गते ३४० थान टिटिजेसिकसहित पक्राउ परेपछि उनले दिएको जानकारीका आधारमा पहिले माया केसी र पछि नरबहादुर केसीलाई नियन्त्रणमा लिइएको हो ।
सोही अवैध कारोबारमा संलग्न रहेका अर्का अभियुक्त कृष्णबहादुर प्याकुरेल सवारी ज्यान मुद्दामा यही चितवनको खैरेनीबाट पक्राउ परी जिप्रका चितवनको हिरासतमा रहेको वरिष्ठ उपरीक्षक उपाध्यायले जानकारी दिनुभयो । सवारी ज्यान मुद्दा टुङ्गो लाग्नेबित्तिकै अभियुक्त प्याकुरेललाई पर्सा झिकाई लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाइने छ ।
प्रतिक्रिया