तपाईंको यो साता

तपाईंको यो साता


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । साताको अन्त्यबाट मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । भूमि लाभ रहला । साझेदारीमा गरेको कार्यबाट आर्थिक लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व बटुकभैरवको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अचल सम्पत्ति हात पर्ने योग छ । श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । कृषि क्षेत्रमा सफलता पाइनेछ । शुभ समाचार सुन्न पाइएला । रोकिएको धन हात पर्ला । बौद्धिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क४, ९ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) –
अरूलाई प्रभावित पारेर काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कार्यबाट प्रशंसा प्राप्त हुनेछ । श्रममूलक काममा मन जानेछ । व्यवसाय बढाउने वा नयाँ रोजगारीको अवसर आउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । साताको अन्त्यबाट यो साताका लागि शुभअङ्क २–५ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अनावश्यक झमेलामा परिएला । बन्न लागेको काम बिग्रनेछ । आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुपर्नेछ । साताको अन्त्यबाट विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ कालो हो । कुनै शुभकर्म गर्नुपूर्व विनायकको ध्यान गरी यात्रा आरम्भ गर्दा लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्नेछ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । स्वास्थ्यमा तथा सौन्दर्यमा धन खर्च हुनेछ । सामान हराउन सक्नेछ । कारोबारमा मन्दी अउला । रविबारबाट बौद्धिक काममा सफलता मिल्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । शुभकार्यको योग रहनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ गुलाबी वा सिन्दुरे हो । कुनै शुभकर्म गर्नुपूर्व सरस्वतीको दर्शन गरे सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) –
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभचिन्तकहरूले साथ दिनाले पुराना चुनौती समाप्त होलान् । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वाक्चतु¥याइँले सङ्कल्प सिद्घ हुनेछ । शुभसमाचार सुन्न पाइएला । सवारीसाधनको खरिद बिक्री हुने योग छ । रोकिएको धन हात पर्ला । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ सिन्दुरे वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व सूर्यको दर्शन गरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । खाद्यान्नको कारोबारमा सफलता मिल्नेछ । शनिबारबाट मनमा निराशा र शरीरमा आलस्य आउला । स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ नीलो वा पहेँला हो । शुभकर्म गर्नुपूर्व महाकालीको आराधना गरी यात्रा गर्दा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक कार्यबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावना छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वाक्चतु¥याइँले सङ्कल्प सिद्घ हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । यो साताका लागि शुभअङ्क २, ३ र शुभरङ नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महालक्ष्मीको दर्शन गरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे) –
यो साता मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रविबारबाट कार्य सम्पादनमा समस्या आउला । अधिकार प्रातिका लागि सङ्घर्ष गर्नुपर्ला । व्यापार व्यवसायमा लगानी नगर्दा वेश होला । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ हरियो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि) –
वैदेशिक कार्य अघि बढ्नेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । नयाँ–नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । वाहन लाभ हुने समय छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । प्रेममा सफलता पाइनेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) –
खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्नेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धन निवेश गर्ने अनुकूलता हुनेछ । व्यावसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ वैजनी वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धार्मिक तथा सामाजिक काममा मन जानेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । साताको उत्तरार्धबाट राजनीतिक विवाद बढ्नेछ । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । आफूलाई अनुशासित र संयम बनाउनुपर्नेछ । यो साताका लागि शुभअङ्क ५ र शुभरङ रातो हो । सूर्य भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।