कुमार सानु चन्द्रागिरिमा

कुमार सानु चन्द्रागिरिमा


भारतका चर्चित गायक कुमार सानुले चन्द्रागिरि केवलकारको आनन्द उठाएका छन् । यतिबेला काठमाडौं यात्रामा रहेका गायक सानुले आइतबार चन्द्रागिरिको भ्रमण गरेका हुन् ।

भ्रमणमा क्रममा कुमार सानुले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरेका चन्द्रागिरि केवलकार व्यवस्थापनले जनाएको छ । एक कन्सर्टका लागि नेपाल आएका ५९ वर्षिय कुमार सानुलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवबन्धक अभिषेकविक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

गायक सानुले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिदै स्वच्छ वातावरण तथा हिमालको काखमा आउन पाउँदा धेरै खुशी भएको बताउँदै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।