सरकारी सवारी साधानबाटै यात्रु ठगी

सरकारी सवारी साधानबाटै यात्रु ठगी


कठमाडौं । सरकारले छोटो दुरी तथा लामो दुरीको सबारी साधनको गाडी भाडा घटाएपनि अहिले सम्म सो घटेको भाडादर कार्यान्वयन नहुँदा दैनिक करोडभन्दा बढी रकम यात्रुसंग उठाई ठगी भई रहेको । विद्यार्थी संगठनको दबाबमा सरकारले छोटो दुरीको सार्वजनिक भाडादरमा परिमार्जन गरेर न्यूनतम भाडादर १३ रुपैयाँ कायम गरेपनि सवारी सञ्चालकहरुले न्यूनतम १५ रुपैयाँ असुली गरिदा पनि सम्बन्धित निकाय मौन बसेको छ । गत वर्ष पुस ११ गतेदेखि लागू हुने गरी छोटो दूरीको गाडी भाडाँ घटाइ तत्काल लागु गर्न दिएको निर्देशन समेत बेबस्था गरि १५ रुपैयाँ उठाउदै आउदा समेत सरकारले कारबाही गर्न सकेको छैन् ।

सरकारले घटाएको सार्वजनिक सवारी साधनको भाडादर यातायात व्यवसायीले मात्र हैन पछिल्लो समयमा सरकारी मातहतकै सवारी साधानहरुले समेत यात्रुलाई ठगी रहेको सो गाडीमा दिएको टिकटबाट प्रष्ट भएको छ । भाडादर कार्यान्वयन गर्ने जिम्मेवार निकायको बेवास्ता र व्यवसायीको मिचाहा व्यवहारले सार्वजनिक सवारी साधनमा यात्रा गर्ने सर्वसाधारण यात्रु मारमा परेका छन् ।

यातायात व्यवस्था विभागले गएको माघ २४ गतेदेखि लागू हुने गरी सरकारले उपत्यकाभित्र विद्यार्थी/अपाङ्गता भएका व्यक्ति÷ज्येष्ठ नागरिक जस्ता सहुलियत कार्ड हुने बाहेकका यात्रुका लागि न्यूनतम वा चार किलोमिटरसम्मको भाडादर १३ रुपैयाँ र अधिकतम २४ रुपैयाँ तोकेको थियो । यो भाडादर चक्रपथभित्र र बाहिरको चार किलोमिटरसम्म लागू हुने बताइए पनि सो कार्यान्वयन भने हुन सकेको छैन् । अहिलेसम्म सवारी साधनमा चढ्यो कि पूरा भाडा न्यूनतम १५ र बढीमा ३० रुपैयाँ र कार्ड भएकासँग १० देखि २५ रुपैयाँसम्म असुली हुदै आएको छ ।

एकातर्फ सवारी साधानमा न्यूनतम भाडा १३ रुपैयाँ तोकिएको सूची टाँसिएको भएपनि ति सबारी साधानले खुजुरापैसा नभएको भन्दै दैनिक प्रतियात्रु १५ रुपैयाँ असुली गर्दै आएका छन् । (हेर्नुहोस तस्बीरमा)

अनुगमनको जिम्मेवार निकाय यातायात व्यवस्था विभागले भने सो कार्यलाई कुनै प्राथमिकता नदिएको र सवारी सधानबाट कमिशन लिएकै कारण यात्रु मारमा पर्नु परेको आरोप समेत यात्रुहरुले लगाएका छन् । व्यवसायी जसरी पनि कमाउनुपर्छ भन्ने धन्दामा लाग्ने, यात्रु बढी भाडा दिने र बढी भाडा लिएकोमा गुनासो नगर्ने र नियमन गर्ने निकायले जनशक्तिको अभावमा अनुगमन गर्न नसकेकाले बढी भाडा असुल्ने गरेको दाबी विभागको रहेको छ ।

१३ रुपैयाँ भाडादर कायम गरिएको ठाउँमा १५ रुपैयाँ लिने गरेको तर फिर्ता माग्दा उल्टै दुव्र्यवहार भोग्नु परेको यात्रुहरुको गुनासो रहेको छ । यातायात व्यवस्था बिभागले भाडा समायोजनको निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृत गराई नयाँ भाडादर लागू भएको हो ।

मन्त्रालयले सार्वजनिक सूचना निकालेर भाडादर काठमाडौं उपत्यका सहित शहरी क्षेत्रका लागि सावर्जनिक सवारीको भाडा दर न्युनत्म १३ रुपैयाँ तोकेको छ । यसअघि १५ रुपैयाँसम्म असुल्दै आएका सवारीले अब १३ रुपैयाँ भन्दा बढी लिएमा अनुगमन गरी कारवाही गर्ने सरकारले जनाएपनि साझा यातायात, सिटी यातायात र नगर यातायात नामको सरकारी स्वमित्व रहेका सवारी साधानले बढी भाडा असुली गरेका छन् ।

यस सम्बन्धमा पटक पटक ति यातायातको कार्यलयमा सम्र्पक गर्दा सो बारे आधिकारीक रुपमा बोल्ने व्यक्ती अफिसमा नभएको ठाडो जवाफ दिइएको छ । सरकारले ४ किलोमिटरसम्मलाई न्युनतम १३ रुपैयाँ भाडा कायम गर्दा १९ किलोमिटरसम्मका लागि २५ रुपैयाँ भाडा तोकेको छ ।