तपाईंको यो साता

तपाईंको यो साता


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यो साता लेनदेन तथा लगानी नगर्दा बेस होला । हतारको निर्णयले समस्या निम्त्याउन सक्नेछ । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । साताको अन्त्यमा साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ पहेँलो हो ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । समुदायको हकहित हुने काम गर्न सकिनेछ । घरजग्गाको कारोबारमा लाभ मिल्नेछ । आइतबारबाट कार्य सम्पादनमा समस्या आउला । वैदेशिक कार्यमा समस्या देखापर्ला । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बंगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ रातो हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) –
नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । धार्मिक यात्राको योग छ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मुद्दा–मामिलामा विजय प्राप्त हुनेछ । साताको अन्त्यबाट घरपरिवारमा झै–झमेलाको अवस्था आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । शुभकर्म गर्नुपूर्व भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ हरियो हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन । मुद्दामामिलामा विजय प्राप्त हुनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । तरल पदार्थमा गरेको लगानीबाट सफलता मिल्नेछ । साताको अन्त्यबाट मनमा अविश्वास उत्पन्न हुनेछ । गलत निर्णय लिन पुगिएला । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महासरस्वतीको दर्शन गरी गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ कलेजी हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कूटनीतिक नियोगको सहयोग मिल्ला । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुन सक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैँले गरेको निर्णय फलदायी हुनेछ । साताको अन्त्यमा सरकारी निकायको भय रहला । दुर्घटनाको भय भएकाले सचेत रहनुहोला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि कालभैरवको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभ रङ घिउरङ हो ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) –
अचल सम्पत्ति हात पर्ने योग छ । कला र गलाको प्रभाव बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । साताको अन्त्यमा प्रतिकूल भई कुलतमा मन जानेछ । अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । आर्थिक कारोबारमा विवाद आउनेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ सेतो वा हरियो हो ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । ठूला व्यक्तिले तपाईंको मिहिनेतको प्रशंसा गर्नेछन् । राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरूको विश्वास जित्न सकिनेछ । साताको अन्त्यबाट मनमा निरासा र शरीरमा आलस्य आउला । वैदेशिक कार्यमा समस्या देखापर्ला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ खैरो हो ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राजनीतिक अधिकारमा सफलता मिल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । शुभसमाचार सुन्न पाइएला । काम गर्ने जोस, जाँगर र हिम्मत बढ्नेछ । वस्त्र लाभ हुनेछ । आइतबारबाट महत्वपूर्ण अवसर गुम्न सक्नेछ । चोटपटक लाग्न सक्नेछ । कुनै शुभकर्म गर्नुपूर्व सिद्धिविनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ ध्वाँसे हो ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे) –
यस साता कार्यसिद्धि योग छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । प्रेम–सम्बन्ध कसिलो हुनेछ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि कालभैरवको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ सुन्तला हो ।

मकर (भो, जा, जि, जु, जे, जो, खा ,खि, खु, खे, खो, गा, गि) –
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेमी÷प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ । मध्य साताबाट अनावश्यक यात्राको साथै आर्थिक कारोबारमा मन्दी आउनेछ । नजिकका व्यक्तिबाट धोका पाइन सक्नेछ । दुर्गाजीको आराधना गरी यात्रा गर्नले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ आकासे नीलो वा सेतो हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) –
अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । घरायसी विवाद बढ्नेछ । साताको अन्त्यबाट काम गर्ने जोस, जाँगर र हिम्मत बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ७, ९ र शुभरङ कालो हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) –
चिताएको कामले तीव्रता लिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । शत्रुहरू किनारा लाग्नेछन् । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि वरुण भगवान्को ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ६, ८ र शुभरङ गुलाबी हो ।