मुटुको उपचार गर्न पूर्व श्री ५ महाराज नर्भिक अस्पतालमा

मुटुको उपचार गर्न पूर्व श्री ५ महाराज नर्भिक अस्पतालमा


पूर्व श्री ५ महाराज ज्ञानेन्द्र शाह मुटुसम्बन्धी उपचारको लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना हुनुभएको छ । बायाँ हात दुःखेको सिकायत भएपछि सम्बन्धित चिकित्सकले स्वास्थ्य जाँचपश्चात् उहाँलाई मुटुको एन्जीओप्लास्टी गर्नुपर्ने बताएको र सोहीबमोजिम एन्जीओप्लास्टीका लागि उहाँ आज बुधबार विहान ७ बजेअघि नै नर्भिक अस्पताल पुग्नुभएको हो । स्मरणीय छ, यसअघि पनि सोही अस्पतालमा पूर्व श्री ५ ज्ञानेन्द्रले मुटुको उपचार गराउनुभएको थियो ।

मुलुकका विभिन्न दलका नेताहरू सामान्य स्वास्थ्य समस्यामै पनि सरकारी खर्चमा विदेश गई उपचार गराउने प्रवृत्तिको शिकार भएको परिवेशमा मुटुसम्बन्धी समस्याको उपचार स्वदेशकै अस्पतालमा गराउने अभीष्ट प्रकट गरेर पूर्वराजा ज्ञानेन्द्रले महत्वपूर्ण सन्देश दिनुभएको छ । ज्ञातव्य छ, आफ्ना छोरा पारस, छोरी प्रेरणालगायत परिवारका सदस्यको मुटुसम्बन्धी उपचार पूर्वराजाले नर्भिक हस्पिटल (स्वदेशकै अस्पताल) मै गराउनुभएको थियो ।