बङ्गलादेशका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने

बङ्गलादेशका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने


बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । नेपाली राजदुत प्रा. डा. चोपलाल भुसालले त्यहाँका राष्ट्रपति अब्दुल हमिद समक्ष आज ओहोदाको प्रमाणपत्र बुझाउनेक्रममा बंगलादेशका राष्ट्रपति हमिदले सो कुरा व्यक्त गरेको भुसालले बताएका छन् ।

बङ्गलाबन्धु भवनमा एक समारोहबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएको बङ्गालादेशस्थित नेपाली दूतावासले जनाएको छ । समारोहमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । सो अवसरमा राष्ट्रपतिसँगको भेटमा राजदूत भुसालले नेपाल–बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहनलगायत विषयमा छलफल गरिएको थियो ।