स्वास्थोपचारका लागि बुधबार विहान नर्भिक इन्टरनेशनल अस्पताल भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको सफलतापूर्वक एन्जियोप्लाष्टी गरिएको छ । अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र पूर्वराजाका पारिवारिक चिकित्सक डा. किशोरजंग राणाको सल्लाहबमोजिम नर्भिकमा कोरोनरी एन्जियोग्राम गर्दा एउटा नसामा ब्लकेड देखिएको हुँदा सफलतापूर्वक एन्जियोप्लाष्टी गरिएको बताइएको छ । चिकित्सकको सल्लाहअनुसार पूर्वराजा केही दिन अस्पतालमै रहनुहुने नर्भिकले जनाएको छ ।
प्रतिक्रिया