शाही इडिन्वर्घ मिलिटरी ट्याटू परेड

शाही इडिन्वर्घ मिलिटरी ट्याटू परेड


इडिन्वर्घ, स्कटल्याण्ड । यस अगस्ट महिनाभरि सञ्चालन हुने शाही इडिन्वर्घ मिलिटरी ­­­­­­­­­­­­­­­­ट्याटू यतिखेर इडिन्वर्घ क्यासलमा आयोजना भइरहेको छ । चालीसवटा राष्ट्रिहरुले अहिलेसम्म आफ्नो देशको प्रतिनिध्वि गरिसकेको यस क्यासलको प्रदर्शनी स्थलमाथि अहिले बीसवटा राष्ट्रहरुका झण्डाहरु राखिएका भए तापनि वर्ष नेदरल्याण्ड, ब्राजिल र ओमानको मात्र सहभागिता रहेको यस परेडमा हुन त नेपाली झण्डा पनि अन्य राष्ट्रहरुको लहरमा राखिएको छ, तर रोयाल गुर्खा राइफल्सहरुले निश्चय नै यूकेलाई नै प्रतिनिधित्व गरेको हुन्छन् । गुर्खाहरुले अतिरिक्त आफ्नो आइटम प्रस्तुत नगरी जमातमा नै आएका छन् तर यो पक्कै पनि ती गुर्खाहरुका मनमा रहेको नेपालीपन नै हुनुपर्दछ जसको आग्रहमा छुट्टै राष्ट्रको प्रस्तुतिस्वरुप नेपाल राष्ट्रको प्रतिनिधित्व रहन गएको छ ।
सन् १९५० बाट आठवटा आइटमहरुको प्रदर्शनी गरेर शुरुवाता गरिएको इडिन्वर्घ ट्याटूलाई प्रत्यक्ष रुपमा स्थलमा नै उपस्थित भएर अहिलेसम्म १२ मिलियन दर्शकहरुले हेरिसकेको बताइएको छ, हरेक वर्ष, लगभग २,१७,००० मानिसहरुले अगस्ट ५ देखि २७ सम्म आयोजनामा रहने यस इडिन्वर्घ मिलिटरी ट्याटूको स्थलबाटै अवलोकन गर्ने गर्दछन् भने विश्वभरिका टिभीहरुबाट १०० मिलियन दर्शकहरुले हेर्ने गर्दछन् -ट्याटूको आधिकारिक पत्रिकामा बताइएको छ । ७० प्रतिशतभन्दा वढी दर्शकहरु स्कटल्याण्ड बाहिरका अनि त्यसमा पनि आधाभन्दा बढी विदेशी दर्शकहरु हुने यस ट्याटूले स्कटिश राष्ट्रिय कोषमा राम्रो अंशहरुको लगानी गरेको हुन्छ ।
अगस्ट महिनाभरि स्कटल्याण्डको खासगरी राजधानी इडिन्वर्घ एक प्रकारले मोस्ट हृयाप्पेनिङ सिटीको पमा संसारमै प्रसिद्ध रहेको हुन्छ । रातको अबेरसम्म पनि शहरहरुका गल्ली चौक चौबाटोमा मानिसहरुका प्रफुल्लता सर्वत्र छताछुल्ल भई पोखिएका लाग्दछन् । अगस्ट पाँचबाट २७ सम्म दिनहुँ प्रदर्शनी हुने ट्याटू परेडका टिकटहरु तीनचार महिनाअगाडि नै बिकिसकिएका हुन्छन् । मिलिटरी व्याण्डका आआफ्ना बाजागाजा तथा झाँकीहरु, विभिन्न देशको संस्कृतिलाई व्यक्त गराउने खालका प्रस्तुतिहरु अत्यन्तै रंगीन अवधारणामा देखाइने परेड अवलोकनको पर्यायमा अत्यन्तै उत्कृष्ट लाग्दछन् । कार्यक्रमको प्रस्तुतकर्ताको मोहक प्रस्तुति र दर्शकहरुलाई मनोरञ्जन दिन सक्ने कलाले कार्यक्रमलाई झनै यादगार बनाएको हुन्छ भने अन्तर्राष्ट्रिय दर्शकहरुका सौम्य अनि शिष्ट उपस्थिति तथा क्यासलका भित्ताहरुमा डिजिटल हिट सिग्नेचरको प्रयोगबाट देखाइने झाँकीहरु अत्यन्तै मनमोहक लाग्दछन् ।
शहरको व्यस्त दिनचर्या अनि संधैको नियमिततादेखि मुक्ति पाउनका लागि स्कटल्याण्ड अति नै उपयुक्त भेटिन्छ । नेपालीहरु कहिलेकाँहि देखिँदा आफ्नै नातेदारहरु देखिएको जस्तो लाग्ने अनुभूति लिनको लागि पनि नेपालीहरुले भरिएका ठाउँ अल्डरसट, फार्नबोरोह, रिडिङ आदिबाट आउने नेपालीहरुले नेपालीपनको मीठो अनुभव गर्दछन् ।-नीर, इडिन्वर्घ, स्कटल्याण्ड
Please
click here to view the whole album