काठमाडौं परिसर प्रमुख नियुक्तिमा गृह र हेटक्वाटरबीच खिचातानी

काठमाडौं परिसर प्रमुख नियुक्तिमा गृह र हेटक्वाटरबीच खिचातानी


सरकारले हालै गरेको प्रहरीहरुको बढुवासंगै महानगरिय प्रहरी परिसरमा काठमाडौंमा कस्लाई नियुक्ती दिनेभनने विषयमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यलय (हेटक्वाटर) विचमै कुरो मिल्न सकेको छैन । सरकारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले असार ३० गते २५ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेसँगै महानगरिय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र ललितपुर परिसरका प्रमुखमा आ–आफ्नो इच्छापुर्ति गर्ने गरि नियुक्ती दिने तयारी भइपछि गृह र हेटक्वाटमै सो विषयमा मत विभाजन देखिएको छ ।

काठमाडौं परिसरका प्रमुख एसएसपी छविलाल जोशी डिआईजी बढुवा सिफरिसमा परे पछि सो स्थानमा कसलाई नियुक्ती गर्नेभन्दै दलभित्र चर्को बहस समेत सुरु भएको छ ।  बढुवा सिफारिस भएका एसएसपी र डिआईजीले दज्र्यानी चिन्ह लगाएसँगै हेडक्वार्टरले दुबै ठाउँमा नयाँ एसएसपी पठाउने तयारी गरेको छ । गोप्य स्रोतका अनुसार महाशाखाका प्रमुख दिनेश अमात्यको कार्यशैली सन्तोषजनक नभएभन्दै उनलाई बढ्वा सिफारिसमा परेका छैनन । हेडक्वार्टर स्थित एक उच्च स्रोतका अनुसार अमात्य हुण्डी कारोबारीसँगको उठबस र केही गुण्डा नाइकेसँगको रहस्यमय सम्बन्धका कारण हेडक्वार्टरले केही समय अघि नै हटाउने तयारी गरेको जनाएको छ ।

त्यसैगरी, ललितपुर परिसरका एसएसपी ठूले राई पनि डिआईजीमा सिफारिस भए । यि तीन स्थानमा एसएसपीमा बढुवा सिफारिस भएका एसपीहरु प्रधुम्न कार्की शैलेस थापा क्षेत्री, रविन्द्र धानुक, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी र विश्वराज पोखरेलमध्येबाट पठाउने सम्भावना बढी रहेको छ । अपराध महाशाखामा सिंह, परिसरमा धानुक र कार्की मध्ये एकको सम्भावना बढि देखिएको छ । एसपी कार्की परिसरमै कार्यरत रहेको र उनी सक्षम अधिकारी भएको हुँदा आईजीपी प्रकाश अर्यालले कार्कीलाई परिसरमै राख्न चाहेको स्रोतको दाबी रहेको छ । तर, गृहमन्त्री जनार्दन शर्मा भने कार्कीलाई परिसरमा राख्ने पक्षमा रहेका छैनन उनले धानुकलाई पठाउने तयारी गरेको समेत गृहमन्त्रालय स्रोतले जनाएको छ ।