गठन भयो निर्वाचन क्षेत्र निर्धारण आयोग

गठन भयो निर्वाचन क्षेत्र निर्धारण आयोग


बहुप्रतिक्षीत निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरिएको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा आयोग गठन गरेको हो । निर्वाचन सम्पन्न गर्नका निमित्त संवैधानिक व्यवस्थानुसार आयोग गठन गरिएको हो ।

पाँच सदस्यीय आयोगका अन्य सदस्यमा आयोगका सदस्यमा माधव अधिकारी, डा विश्वकल्याण पराजुली र गणेशराज कार्की तथा सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल रहेका छन् ।

संविधानले दिएको म्यादअनुसार विभिन्न निर्वाचन सम्पन्न गर्ने चटारोमा रहेको सरकारले जति सक्दो चाँडो कार्य सम्पादन गर्नका लागि आयोगलाई २१ दिनको समय दिएको छ ।