ठमेल र पोखराको लेकसाइड २४सै घण्टा खुल्ने

ठमेल र पोखराको लेकसाइड २४सै घण्टा खुल्ने


विदेशी पर्यटकहरूको लागि महत्वपूर्ण गन्तव्य रहँदै आएको काठमाडौंको ठमेल र कास्कीको पोखरालाई २४सै घण्टा खुलाउन गृहमन्त्री जनार्दन शर्माले पहलकदमी लिएका छन् । यस कार्यका लागि प्रमुख चुनौती रहेको सुरक्षा व्यवस्थाप्रति गृहमन्त्रीले गम्भीरता दर्शाएका छन् ।

गन्तव्य नेपालको १३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नेक्रममा गृहमन्त्री शर्माले यी प्रमुख पर्यटकीय क्षेत्रको निम्ति आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको दाबी गरे । आफूले ठमेल र लेकसाइडलाई २४सै घण्टा खुलाउने निर्णय गरिसकेको जानकारी दिँदै उनले सम्बन्धित व्यवसायीलाई ढुक्क भएर व्यवसायमा अगाडि बढ्न आग्रह गरे । आवश्यक सुरक्षा सम्बन्धित प्रशासनले मिलाउने व्यवस्था भइसकेको भनी आश्वस्त पार्ने प्रयास उनले गरे ।