दृष्टि गुमाएका मण्डल परिवारलाई नयाँ घर

दृष्टि गुमाएका मण्डल परिवारलाई नयाँ घर


वीरगंजका समाजिक अभियन्ता रमेशप्रसाद साह र काठमाडौंका जिग्री पाण्डे प्रतिष्ठानको सहयोगमा पर्साको एक दृष्टिविहीन परिवारले पक्की घर पाएको छ । करिव ६ महिनाअघि मण्डल परिवारका ६ सदस्य लगभग एकसाथ दृष्टिविहीन भएका थिए । सरकारबाट समेत खास सहयोग नपाई दृष्टि गुमाएका मण्डल परिवार विचल्लीमा परेको सामाचार सार्वजनिक भएपछि समाजिक अभियन्ता रमेशप्रसाद साहले उक्त परिवारको आश्रयका लागि घर बनाउन पहलकदमी लिएका थिए ।

साहको सो प्रयत्नलाई काठमाडौँका जिग्री पाण्डे प्रतिष्ठानले साथ दिएपछि ६ सदस्य रहेको दृष्टिविहीन मण्डल परिवारले टिनको छाप्रोबाट मुक्ति पाएका छन् । उनीहरू अब नयाँ पक्की घरमा सरेका छन् । १६ सदस्य रहेको मण्डल परिवारमा शम्भु मण्डल, शिव नारायण मण्डल, गिता देवी, भुपेन्द्र मण्डल, जयकला मण्डल गरी ६ जना दृष्टिविहीन छन् । जिग्रि पाण्डे प्रतिष्ठान नेपाल १८ लाख ५१ हजार, अभियन्ता रमेश साहले ७ लाख ७७ हजार, सप्तरी मिस नेपालले २८ हजार रुपैयाँ सहयोग गरेपछि घर निर्माण हो । घर निर्माणमा सप्तरी युथ नेपालको समेत सहभागिता रहेको बताइन्छ ।
पर्सा प्रजिअ कृष्णबहादुर कटुवाल, जिग्री फाउण्डेसन नेपालका विकासलाल पाण्डे, समाजिक अभियन्ता रमेशप्रसाद साह र धुर्मुस–सुन्तली प्रतिष्ठानका सिताराम कट्टेलले संयुक्त रुपमा घरको साँचो हस्तनान्तरण गरेका थिए ।