पाठक मञ्च -केयू अब के गर्छ ?

पाठक मञ्च -केयू अब के गर्छ ?


देशको समग्र राजनीतिक अवस्था अत्यन्त अस्तव्यस्त रहेको सन्दर्भमा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरू खासगरी मेडिकल कलेजहरूमा व्यापक सुधार र रूपान्तरणको खाँचो देखिएको छ । यसै सन्दर्भमा आमविद्यार्थीको गुनासाहरूको आधारमा अखिल (क्रान्तिकारी) काठमाडौं विश्वविद्यालयसमक्ष निम्नलिखित मागहरू पेस गर्दछ ।
जथाभावी विदेशी विद्यार्थी भर्ना गर्ने प्रणाली अन्त्य गरी त्यस्ता विद्यार्थीका लागि प्रतिकलेज अधिकतम सङ्ख्या निश्चित गरियोस्, नेपाली विद्यार्थीलाई प्रवेश परीक्षा लिने तर विदेशी विद्यार्थीको हकमा प्रवेश परीक्षा नलिई सोझै भर्ना गर्ने अन्यायपूर्ण प्रथाको अन्त्य गरियोस्, नेपाल सरकारले तोकेको दश प्रतिशत छात्रवृत्ति पूर्णतः लागू गर्दै त्यसमा थप २५ प्रतिशत वृद्धि गरी यो छात्रवृत्ति अत्यन्त गरिब, पिछडिएको जाति, अपाङ्ग, जनयुद्ध र जनआन्दोलनका सहिद परिवार, बेपत्ता परिवार र दर्ुगम क्षेत्रका विद्यार्थीलाई पारदर्शी र निष्पक्ष ढङ्गले वितरण गरियोस्, बिनापूर्वाधार नयाँ सम्बन्धन दिन बन्द गरियोस्, ‘हु गिभ्स मोर, गेट एड्मिसन’ जस्तो अत्यन्त निन्दनीय प्रथा अन्त्य गरियोस्, हाल लिइँदै आएको अत्यधिक प्रवेश परीक्षाशुल्क फिर्ता गरी प्रतिविद्यार्थी पाँच सय मात्र कायम गरियोस् र ‘कुनै पनि राजनीतिक गतिविधिमा लाग्ने छैन’ भनी कागज गराइने प्रचलन खारेज गरी विद्यार्थीको प्रतिनिधित्व हुने वैधानिक संस्थाको व्यवस्था गरियोस् । यस विषयमा केयूको भावी कदमको प्रतीक्षामा हामी छौँ र यी मागहरू तत्काल पूरा नगरिए कडा सङ्घर्ष सुरु गर्न बाध्य हुने जानकारी गराउँदछौँ ।
– लेखनाथ न्यौपाने, अध्यक्ष, अखिल -क्रान्तिकारी)
यस्तो छ काङ्ग्रेसको अनुभव
नेपाली काङ्गे्रसका सदस्यहरूले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको शपथग्रहण गरी पार्टीप्रतिको आस्था प्रकट गरेका छन् । ०६७ असोजको पहिलो साता हुने बाह्रौं महाधिवेशनमा पेस गरिने ऐतिहासिक प्रस्तावना पार्टीका नेता तथा कार्यकर्ताहरूले कुन विषयलाई के-कस्तो प्राथमिकतामा राख्ने छन् सर्वत्र चासोको विषय भइरहेको छ । विगतमा नेपाली काङ्गे्रसले प्राथमिकतापूर्वक गरेको अनुभवचाहिँ यसप्रकार देखिन्छ ः-
२०१२ सालमा वीरगन्जमा घोषणा गरेको समाजवादले २०१६ मा नेपाली काङ्गे्रसको सरकारले ‘क’ श्रेणीको निजी बिर्ता खारेज गरी रैकर -सरकारिया) मा परिणत गरेको ।
राष्ट्रिय मेलमिलाप, २०३३ मा निर्वासनबाट स्वदेश आगमनको राष्ट्रिय महत्त्व प्रजातान्त्रिक गतिविधि, २०३६ को जनमत सङ्ग्रह, २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनको नेतृत्व गरेको ।
२०४६ सालपछि राजतन्त्र संवैधानिक भएको महत्त्व बुझेर सबैलाई राष्ट्रिय भावनामा सोच्नुपर्ने थियो । तर, २०४८ देखि पार्टीभित्र आन्तरिक विवाद बढेको कमजोरी देखियो । त्यसैले २०५२ देखि मुलुकमा सशस्त्र विद्रोही शक्ति देखापर्‍यो । तर, उसले नेपाली काङ्गे्रससँग १२ बुँदे सम्झौता गर्‍यो ।
-दामोदर पौड्याल
झम्सिखेल, ललितपुर
अक्करमा पर्दा सहकारी असुरक्षित
ललितपुर, चापागाउँ जाने बाटोको नजिकै ताल्छिखेल भन्ने ठाउँमा यातायात कार्यालयनजिकै ‘सुरक्षित’ नामको सहकारी संस्था रहेछ । सहकारीहरूको वस्तुगत अवस्थाको अनुसन्धान प्रतिवेदन तयारका लागि एक प्रशिक्षार्थी पत्रकारको हैसियतले आफैं ग्राहक बनेर बुझ्दै जाँदा सुरक्षित नामको सहकारी त असुरक्षित बन्दै गएको वस्तुस्थिति पाइयो । त्यहाँका कार्यकारी अध्यक्ष कुनै समयका माले र पछि होनाहार एमाले विद्यार्थी नेता भन्ने बुझियो । उनी अहिले एमालेलाई बाइबाइ गरेर माओवादी बनेका र विगत केही वर्ष पहिले चारित्रिक रूपमा बद्नाम हुँदै आएका तथा नक्कली रक्सीको प्रयोगले आँखाको ज्योति करिब ६० प्रतिशत गुमाएका ठक्करप्रसाद शर्मा नामका व्यक्ति रहेछन् । उनकै कारणले त्यो सहकारी कमजोर र असुरक्षित बन्दै गएको रहेछ । पैसा जम्मा गर्न लगाएर आवश्यकता पर्दा मानिसको पैसा समयमा फिर्ता दिन नसक्ने त्यो सहकारीको अवस्था रहेछ । त्यसको कारण बुझ्न खोज्दा खोइ कतातिर उनको एउटा स्कुल पनि छ अरे, र त्यो स्कुलको पैसा सोमरस पान गरेर सक्ने र सहकारीको पैसाले गुरुवा-गुरुआमाहरूलाई तलब बाँड्ने गरेकाले सहकारी डुब्नै लागेको त्यहीँको भरपर्दो स्रोतले बतायो । जनताको पैसा जम्मा गरेर गलत प्रयोग गर्ने बैंकलाई रोक्ने राष्ट्रबैंकले सहकारीलाई सक्छ कि सक्दैन होला – यस्तो असुरक्षित सञ्चिति रोक्ने मौद्रिक कानुन नेपालमा छ कि छैन होला –
– करुणा नेपाल, प्रशिक्षार्थी पत्रकार
-रत्नराज्य लक्ष्मी क्याम्पस)