पुर्व मिस नेपाल उषा खड्गी ‘आउँदै जाँदै’ …..

पुर्व मिस नेपाल उषा खड्गी ‘आउँदै जाँदै’ …..


पुर्व मिस नेपाल उषा खड्गी अब निर्माता बन्ने भएकी छन् । ‘आउँदै जाँदै’ चलचित्र मार्फत उनी निर्माताको रुपमा देखिन लागेकी हुन् । आइतवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको घोषणा गरियो । चलचित्रको निर्देशक उनका श्रीमान तथा सञ्चारकर्मी जि.पि तिमल्सेनालेगर्न लागेका हुन् ।

जिपिको यो निर्देशनमा डेब्यु चलचित्र हो । सन् २००० मा मिस नेपालको ताज पहिरिएकी उषाको यो चलचित्र तिहारपछि फ्लोरमा जाने बताइएको छ ।

चलचित्रका मुख्य कलाकार फाइनल हुन बाँकी छन् । चलचित्र सामिप्यराज तिमल्सेना र प्रज्ञान थापाले लेखेका हुन् ।

चितवन, काठमाडौं लगायतका स्थानमा छायाँकन हुने बताइएको चलचित्र अष्ट्रेलियामा समेत छायाँकन हुने बताइएको छ ।

१ करोड निर्माण बजेट छुट्याइएको चलचित्रमा उषालाई सन्तोष अधिकारी र मनोज श्रेष्ठ भडेलको पनि निर्माणमा सधाउने छन् ।

चलचित्र कौशल्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । युवापुस्तामा हुने आकर्षण, त्यसले जोड्ने प्रेम र टाढा हुनुको पीडालाई चलचित्रले देखाउने निर्देशक जिपिले बताए ।

उनले अन्य चलचित्र भन्दा मनोरञ्जन र सँगै सन्देश दिने चलचित्र बनाउने खुलाए । ब्यवसाहिक चलचित्र निर्माणमा आफुले हात बढाउन लागेको निर्माता उषाले बताइन् ।