गद्दाफीको बासस्थान आन्दोलनकारीहरुबाट कब्जा

गद्दाफीको बासस्थान आन्दोलनकारीहरुबाट कब्जा


लण्डन । लिब्याका शासक कर्नल गद्दाफीको हेडक्वाटरको रुपमा रहेको स्थानमा आन्दोलनकारीहरुको कब्जा भएको छ । नेटोको विशेष सहयोग र साथबाट सञ्चालित रहेको छ महिनासम्मको यो लडाइमा अन्ततः गद्दाफीका लडाकूहरुले हार मानिसकेका लाग्दछन् । विशेष सुरक्षित क्षेत्रको रुपमा रहेको गद्दाफीको सो कम्पाउण्डमा समस्त आन्दोलनकारीहरुले प्रभाव जमाइसकेका छन् र कतिपयलाई उक्त विशाल कम्पाण्डका कुनै न कुनै बिल्डिङ वा सोको अन्डरग्राउण्डभित्र बनाइने बंकरहरुभित्र गद्दाफी आफ्नो परिवारहरुसहित लुकेको हुनुपर्ने आशंका व्यक्त गर्दछन् भने कोहीचाँहि, गद्दाफीले धेरै नै पहिले लिब्या नै छोडेको हुनुपर्ने बताउँदछन् । गद्दाफी धेरै नै समयदेखि सार्वजनिक रुपमा देखिएका छैनन् ।
अब केहीघण्टा या दिनभित्र लिब्या तथा गद्दाफीको भाग्यको बारेमा समाचारहरु विस्तृत हुने पक्का छ ।-केदार, हान्स्लो, लण्डन