यसकारण नआउने भो काठमाडौंमा मेलम्चीको पानी

यसकारण नआउने भो काठमाडौंमा मेलम्चीको पानी


राष्ट्रिय गौरवको आयोजनामध्ये मेलम्ची खानेपानी आयोजना तोकिएकै समयमा सम्पन्न नहुने प्रायःनिश्चित भएको छ । निर्माण कम्पनीसँग संशोधित पुनः सम्झौता गरिएको सो आयोजना असोजसम्ममा मेलम्चीको पानी काठमाडौं बासीले उपभोग गर्न पाउने भन्दै प्रचार गरेपनि सो समयसिमाभित्र सुरुङ खन्ने काम समेत सम्पन्न हुन नहुने भएको छ ।  असोज महिनामै पानी ल्याउनका लागि प्रयासरत रहेको बताउने मेलम्ची खानेपानी विकास समिति भने पछिल्लो समय के कति प्रगति भएको छ भन्ने बारे बुझ्न फोन गर्दा समेत सम्र्पकमै नआउने भएका छन् । कुल २७ दशमलव ५ किलोमिटर लम्बाईको सुरुङ खन्ने काम अब ३ दशमलव ५ किमीमात्र बाँकी रहेको छ । तोकिएको समय २ महिना बाँकी रहेको छ । समितिका अनुसार हाल दैनिक १६÷१७ मिटरका दरले सुरुङ खन्ने गरिएको बताएपनि सो अनुसार काम भएको छैन ।

हालकै अवस्थामा सुरुङ खन्ने काम भयो भने पनि तोकिएको समयमा एक किमी सुरुङ खन्न बाँकी नै रहने देखिन्छ । तर समितिले भने तोकिएको समयमा सम्पन्न गर्ने गरी काम भइरहेको दावी गर्दै आएको छ । समितिका अनुसार सबै शक्ति लगाएर काम गरिरहेको जनाएको छ ।  आयोजना पूरा भएर राजधानी काठमाडौंमा तोकिएको समयमा पानी आइपुग्नेमा सभासद्हरुले गम्भीर आशंका व्यक्त गरेका छन् । संसद्को वातावरण समितिको बैठकमा सभासद्हरुले मेलम्ची व्यवस्थापनलाई झुटो आश्वासन नदिन पनि सचेत गराएका थिए । आयोजना तोकिएको समय २०७३ वैशाख १ गतेदेखि राजधानीमा मेलम्चीको पानी आइपुग्ने बताएको थियो । सो समयमा समेत विभिन्न रोकावटको कारण देखाई आयोजनाको सम्पन्न मिति यहिल आउदो असोज महिना पु¥याएपनि सो समयमा आयोजना सम्पन्न नहुने पक्कापक्कि भएको छ ।

बैठकमा सभासद दुमन थापाले शैक्षिक भ्रमणमा आएका विद्यार्थीलाई देखाएजसरी व्यवस्थापनले प्रस्तुति दिने गरेको भन्दै मेलम्ची आयोजनको व्यवस्थापनको आलोचना गरेका थिए । अर्का सभासद् टुकराज सिग्देलले मेलम्ची समयमा नआउने बताउँदै जनतालाई भ्रममा नपार्न आग्रह गरेका छन् । यो आयोजना, काठमाडौं उपत्यकाबासीलाई खानेपानीका साथै सरसफाई र उपत्यकाको हरियालीका लागि समेत उपयोग हुने मुलुककै बहुचर्चित आयोजना मेलम्चीको पानी उपत्यकावासीले अबको दुई वर्षयता प्रयोग गर्न पाउने सम्भावना अत्यन्त कठिन देखिदै गएको छ ।

काठमाडाँै उपत्यकाको खानेपानीको अभावलाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखेर सन् २००० मा सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाको हालसम्मको औसत प्रगति ३५ प्रतिशतको हाराहारीमात्र पुगेको छ ।  सिन्धुपाल्चोकको हेलम्बु गाविसस्थित मेलम्ची खोलामा मुहान बनाएर काठमाडौँको सुन्दरीजलसम्म सुरङमार्फत पानी ल्याउन सन १९९९ मा अन्तिम रेखाङन गरिएको थियो । त्यसको दुई वर्षपछि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकले १२० मिलियन डलर लगानी गर्ने गरी ऋण स्वीकृत गरेको थियो ।

अघिल्लो ठेकेदारले सम्झौताअनुसारको काम दिन नसकेकाले ठेक्का तोड्नु परेकाले समेत आयोजना निर्माणमा समय अधिक लम्बिएको दाबी समितिको रहेको छ । नेपाल सरकार, एसियाली विकास बैंक, जेविक, जाइका, एनडिएफ, ओपेकको अनुदान तथा ऋण सहयोगमा आयोजनाको पुनःसंरचना र वित्तीय व्यवस्था मिलाएर दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउने गरी काम सुरु भएको थियो  पहिलो चरणमा ल्याइन लागेको मेलम्चीको पानीले आगामी सन २०२० सम्मको उपत्यकाको जनसङ्ख्यालाई धान्ने छ भने तेस्रो आयोजना पूरा भएसँगै उपत्यकाका लागि खानेपानीको दीर्घकालीन समस्या समाधान हुने सरकारले अपेक्षा गरको छ ।

पछिल्लो पटक कोअपरेटिभ मुराटोरी ई सिमेन्टिस्टी दी राभेन्ना इटालीले १०९५ दिन अर्थात अक्टोबर २०१३ मा काम प्रारम्भ गरेर २०१६ सेप्टेम्बर ३० मा सुरुङको काम सक्ने सम्झौता गरेको छ । उक्त सम्झौतामा सम्पन्न गर्नुपर्ने मिति अगाडि नै ठेकेदारले काम सकेको खण्डमा दैनिक ४० लाखसम्म बोनस पाउने प्रावधान राखिएकाले निर्माण व्यवसायीले तोकिएको समयअगावै आयोजना सम्पन्न गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । तोकिएको समयमा आयोजना सम्पन्न हुन नसकेको खण्डमा ठेकेदारले त्यत्तिनै मूल्य हर्जना तिर्नुपर्ने व्यवस्थासमेत गरिएको छ । आयोजना स्वयः र ठेकेदार कम्पनीले पनि तोकिएको समयसीमाभित्र जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहे पनि ०७४ असोजभित्र मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकाभित्र पु¥याउन निकै चुनौतीपूर्ण र कठिनाइ रहेको देखिएको छ ।