मेष :
नजिकको मित्रसँग भेटघाट हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । लाभदायक यात्रा होला । वाहनलाभको योग छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पठनपाठनमा प्रगति हुनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । साताको उत्तरार्धमा पारिवारिक समस्या आउनुका साथै स्वास्थ्यमा समस्या आउनेछ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभरङ रातो हो । शुभकर्म गर्नुपूर्व सूर्य भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
वृष :
यात्रामा सावधानी अपनाउनुपर्नेछ । सरकारी निकायको भय रहला । सानातिना समस्यामा अल्झिनुपर्नेछ । विविध समस्या खेप्नुपर्नेछ । विवाद एवम् चिन्ता बढ्नेछ भने साताको उत्तरार्धबाट व्यापार–व्यवसायमा औसत लाभ हुनेछ । मनोबल उच्च रहनेछ । मानसम्मान पाइनेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
मिथुन :
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । फलदायी यात्रा रहला, नयाँ कामको थालनी हुनेछ । प्रेममा सफलता पाइनेछ । आत्मबल बढ्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ घ्यूरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
कर्कट :
आँटेकोे र ताकेको कार्य पूरा होला । नयाँ कार्यको थालनी हुनेछ । पुत्रसुख मिल्नेछ । नयाँ कामको थालनी हुनेछ । व्यापार–व्यवसायमा सफलता मिल्नेछ । काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ । साताको उत्तरार्धबाट अरूको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावना छ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व बटुकभैरवको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
सिंह :
स्वास्थ्यमा पेटसम्बधी समस्या आउला । घरायसी झमेलामा परिएला । गलत निर्णय लिन पुगिएला । मनमा चञ्चलता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । आफ्नो विचारविपरीत निर्णय हुनेछ । लगानी डुब्ने भय छ । शुक्रबारबाट जोस, जाँगर र हिम्मत बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
कन्या :
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । नयाँ व्यक्तिसँग भेट होला । आत्मबल बढ्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । वाहनसुख मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । टाढाको यात्रा रहनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ सिन्दुरे वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व सूर्यको दर्शन गरी यात्रा आरम्भ गर्दा सफलता मिल्नेछ ।
तुला :
आत्मिक सन्तुष्टि मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । वाहन सुख मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यबाट व्यवसायमा मन्दी आउला । सरकारी निकायको भय रहला । अरूको भर पर्दा धोका पाइनेछ । हानि हुने र विश्वास गुम्ने सम्भावना छ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ नीलो वा हरियो हो । शुभकर्म गर्नुपूर्व महाकालीको आराधना गरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।
वृश्चिक :
कूटनीतिक नियोगको सहयोग मिल्ला । धार्मिक कार्यमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । साताको उत्तरार्धबाट अरूको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावना छ । चुनौतीको सामना गर्नुपर्नेछ । कार्य सम्पादनमा समस्या आउला । यो साताका लागि शुभअङ्क १, ३ र शुभरङ नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महालक्ष्मीजीको दर्शन गरी आरम्भ गर्दा सफलता मिल्नेछ ।
धनु :
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सोचेको, आँटेको काममा फाइदा मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । पढाइ–लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ हरियो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर :
वैदेशिक कार्य अघि बढ्नेछ । सामाजिक कार्यमा मन जाला । महिला वर्गबाट सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ । कार्यसिद्धिको योग छ । रोकिएको धन हात पर्ला । स्वास्थ्यमा सुधार आउला । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ गुलाबी वा सिन्दुरे हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको दर्शन गरे सफलता हात पर्नेछ ।
कुम्भ :
राज्यबाट मान–सम्मान पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । वाहनसुख मिल्नेछ । दाम्पत्यजीवन सुखमय हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । साताको उत्तरार्धबाट प्रेममा मनमुटाव आउनेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ वैजनी वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बाघभैरवको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।
मीन :
यस साता त्यति अनुकूल छैन । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । कामहरू अधुरै रहलान् । नजिकका व्यक्तिबाट धोका मिल्ला । साताको उत्तरार्धमा प्रयत्न गरे फाइदा लिन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ कालो हो । कुनै शुभकर्म गर्नुपूर्व सिद्धिविनायकको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
प्रतिक्रिया