‘प्रेमगीत – २’ को च्यारिटी सो सम्पन्न

‘प्रेमगीत – २’ को च्यारिटी सो सम्पन्न


नेपाली चलचित्रको स्तर वृद्धि भएको मात्र नभई प्रतिष्पर्धा पनि उत्तिकै चलिरहेको छ । यसै परिवेशमा बुधबार पोखरामा प्रेमगीत–२ को च्यारिटी सो गरिएको छ । पोखरास्थित ट्रेड महलमा रहेको ‘क्युएफएक्स’ चलचित्र घरमा हिजो मंगलबार ‘च्यारिटी सो’ सम्पन्न गरेको छ । पिछडिएका तथा विपन्न वर्गका विद्यार्थीको सहयोगार्थ युवा सहभागी समाजिक सञ्जाल मेन्स रुम रिलोडेडको संयोजनमा आयोजित उक्त च्यारिटी सोमा चलचित्रका दर्शक, कलाकार, सञ्चारकर्मीसहितको उपस्थिति थियो ।

थातथलो नेपाल रहेको तर विभिन्न कारणले म्यान्मारमा (पुरानो नाम बर्मा) बस्दै आएका सर्वसाधारणमा नेपाल र नेपालीप्रतिको आत्मियतालाई उक्त चलचित्रमा देखाइएको छ । एउटा सच्चा प्रेममा माया पाउन निकै संघर्ष गर्नुपर्छ भन्ने सन्देश पनि चलचित्रले दिन खोजेको निर्देशक रामशरण पाठकको भनाई छ । निर्मातामध्येका एक सन्तोष सेनका अनुसार दुई करोड लागतमा निर्माण गरिएको प्रेमगीत–२ तयार हुन झण्डै डेढ वर्षको समय लागेको थियो।

प्रेमगीत –१ को सफलताले हौसिएर बनाइएको प्रेमगीत–२ मा काठमाडौँ, राराताल, म्यानमार, थाइल्याण्ड आदि स्थानका दृश्य समेटिएको छ ।

चलचित्रकी नायिका गितु उर्फ अश्लेषा ठकुरीले चलचित्र हेरेपछि नेपाली मूलका म्यान्मारवासीले नेपाललाई गर्ने माया, त्यहाँ रहेका नेपालीप्रतिको धारणा, सच्चा प्रेमका लागि गर्नुपर्ने संघर्षलगायतका विषयलाई दर्शकले अनुभूति गर्ने बताइन्े भने चलचित्रका नायक प्रदीप खड्काले यो चलचित्र निकै लोकप्रिय हुने दाबी गरे ।